भारतमा एकैदिन तीन लाख २९ हजार सङ्क्रमित, तीन हजार ८७६ को मृत्यु
काठमाडौं । छिमेकि मुलुक भारतमा पछिल्ल्लो २४ घण्टामा थप तीन लाख २९ हजार ९४२ जना कोरोना संक्रमित थपिएका छन । गएको २४ घण्टामा १८ लाख ५० हजार ११० जनाको परीक्षण गरिएको गर्दा ३ लाख २९ हजार जनामा कोरोना संक्रमण भएको भारतका स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । यो संगै हालसम्म भारमा कोरोना संक्रमित हुनेको संख्या दुई करोड २९ लाख ९२ हजार ५१७ जना पुगेको छ ।
त्यसैगरी पछिल्लो २४ घण्टामा थप तीन लाख ५६ हजार ८२ जना कोरोना सङ्क्रमित निको भएका छन । यो संगै हालसम्म कोरोना संक्रमण निको हुनेको संख्या एक करोड ९० लाख २७ हजार ३०४ पुगेको छ । हाल देशभर ३७ लाख १५ हजार २२१ जना अझै सक्रिय सङ्क्रमित रहेका छन् ।
भारतीय समाचार संस्था एएनआईका अनुसार पछिल्लो चौबीस घण्टामा तीन हजार ८७६ सङ्क्रमितले ज्यान गुमाएका छन् । यो संगै कोरोना सङ्क्रमणबाट भारतमा ज्यान गुमाउनेको संख्या दुई लाख ४९ हजार ९९२ पुगेको छ ।













