फेरी घट्यो सुन र चाँदीको भाउ, कतिमा हुदैछ कारोबार ?

काठमाडौं । आज शुक्रबार फेरी सुन र चाँदीको भाउ घटेको छ। आज सुन तोलामा ४ सयले घटेर छापावाला सुन प्रतितोला ९३ हजार ३०० रुपैयाँ र तेजाबी सुन ९२ हजार ८०० रुपैयाँमा खरिद बिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासँघले जनाएको छ ।
त्यसैगरी आज चाँदी १० रुपैयाले घटेर प्रतितोला १ हजार ३ सय ५० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
हिजो बिहिबार छापावाला सुन प्रतितोला ९३ हजार ७०० र तेजाबी सुन प्रतितोला ९३ हजार ३०० रुपैयाँमा खरिद बिक्री भएको थियो भने चाँदी प्रतितोला १ हजार ३६० रुपैयाँमा कारोबार भएको थियो ।