निरन्तर रेकर्ड बनाउँदै आएको बजार सामान्य अंकले करेक्शन, कारोबार रकम २ अर्बले घट्यो « Arthapath.com
११ जेष्ठ २०७८, मंगलवार

निरन्तर रेकर्ड बनाउँदै आएको बजार सामान्य अंकले करेक्शन, कारोबार रकम २ अर्बले घट्यो



काठमाडौं । लगातार रेकर्ड कायम बनाउँदै आएको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मंगलबार भने घटेको छ । जेठ महिना शुरु भएसँगै नेप्सेमा नयाँ–नयाँ रेकर्ड कायम हुँदै आएको छ । जेठ महिनाको पहिलो पहिलो कारोबार दिनदेखि नै नयाँ रेकर्ड बनाउँदै आएको नेप्से मंगलबार भने सामान्य अंकले करेक्शन भएको हो । यस अघि हिजो सोमबार नेप्सेले नयाँ ४ वटा रेकर्ड बनाएको थियो ।

मंगलबार नेप्से परिसूचक ६.४७ अकंले करेक्शन भएर २८१६.६० अंकमा बन्द भएको छ । सोमबार नेप्से ३.०५ अंकले बढेर २८२३.०५ अंकमा बन्द भएर नयाँ रेकर्ड बनाएको थियो । मंगलबार नेप्से परिसूचक सामान्य अंकले घटेकाले नआत्तिन सेयर विज्ञहरुले बताएका छन् । यसले बजारमा कुनै असर नगर्ने उहाँहरु बताउँछन् ।

मंगलबार दिनभरि २१९ कम्पनीको २ करोड ३४ लाख ६५ हजार सेयर कित्ता १ लाख १२ हजार पटक किनबेच हुँदा ११ अर्ब १३ करोड ३३ लाख ९८ हजार १०७ रुपैयाँको कारोबार भएको नेप्सेले बताएको छ । यसअघि हिजो सोमबार दिनभरि २१६ कम्पनीको २ करोड ७१ लाख ४० हजार २०२ सेयर कित्ता १ लाख ३६ हजार ४९९ पटक किनबेच हुँदा १३ अर्ब १७ करोड ५३ लाख ५३ हजार १८७ रुपैयाँको कारोबार भएको थियो । यो हालसम्म कै उच्च कारोबार हो ।


प्रतिक्रिया दिनुहोस्