बजार बढ्ने संकेत गर्दै अम्बिका पौडेलले भने “बल्ल त आषाढ शुरु भएको छ”

काठमाडौं । नेपाल धितोपत्र बोर्डले जोखिमयुक्त कम्पनी सार्वजनिक गरेपछि बोर्डको उक्त कदमको सर्वाधिक आलोचना भैरहेको छ । नेपाल इन्भेस्टर फोरमका पूर्व अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासङ्घको पुँजीबजार फोरमका सभापति अम्बिका प्रसाद पौडेलले आषाढ शुरु भएकाले बोर्डको यो कदमले पूँजी बजारमा आउने उछाल रोक्न नसक्ने बताएका छन् ।
समय समयमा पूँजी बजारमा आउने उछाल (बुल) बर्सादमा नदीमा बढ्ने पानीको बहाव जस्तै भएकाले कसैले छेक्न र रोक्न नसक्ने पौडेलले बताए ।
पौडेलले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै भनेका छन्, “समय समयमा पूँजी बजारमा आउने उछाल (बुल) बर्सादमा नदीमा बढ्ने पानीको बहाव जस्तै हो । नियामकको आँखाबाट देखिने यो बाढीलाई न कसैले रोक्न सक्छन् त छेक्न नै । यो त समय सँगै आफैं साम्य हुन्छ ।” बजार अझै बढ्ने संकेत गर्दै बल्ल त आषाढ शुरु भएको बताए ।
धितोपत्र बोर्डले ५१ कम्पनी जोखिमयुक्त भनेर सार्वजनिक गरेपछि बजारमा भारी गिरावट आएको छ ।
