राष्ट्रिय वाणिज्य बैंकको २ अर्ब ५० करोडको ऋणपत्र बाँडफाँड
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले जेठ २५ गतेदेखि जेठ २८ गतेसम्म बिक्री गरेको ऋणपत्र बाँडफाँड गरिएको छ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ८.५ प्रतिशत आरबीबीए डिबेञ्चर, २०८३ नामको ऋणपत्र अषाढ २ गते बुधबारका दिन बाँडफाँड गरिएको हो ।
बैंकले ६ वर्ष अवधि भएको वार्षिक ८.५० प्रतिशत ब्याजदर भएको कुल २ अर्ब ५० करोड रुपैंया (२५ लाख कित्ता) मूल्य बराबरको ऋणपत्र बिक्री गरेको थियो । यस ऋणपत्रको ब्याज अर्धवार्षिक रुपमा भुक्तानी गरिनेछ ।
८.५ प्रतिशत आरबीबीए डिबेञ्चर, २०८३ नामको प्रतिकित्ता रू. १ हजार दरका कुल २५ लाख कित्ता ऋणपत्रमध्ये ६० प्रतिशत अर्थात १५ लाख कित्ता व्यक्तिगत तवरबाट संगठित संस्थाहरुलाई र सर्वसाधारणका लागि छुट्याईएको ४० प्रतिशत अर्थात १० लाख कित्ता बाँडफाँड गरिएको हो ।
