साइबर अपराधीहरूले पैसा लुट्न बनाए नयाँ वेवसाइट « Arthapath.com
२८ श्रावण २०७८, बिहीबार

साइबर अपराधीहरूले पैसा लुट्न बनाए नयाँ वेवसाइट



अपराधी पत्ता लगाउन अनुसन्धानकर्ताहरूले ‘पैसा पच्छ्याउने’ युक्ति निकै पुरानो हो । साइबर क्षेत्रमा पनि वर्षौँदेखि अनुसन्धान अधिकारीहरू र अपराधीबीच यस्तो लडाइँ चल्दै आएको छ । क्रिप्टोकरेन्सीको प्रकृति अज्ञात भए पनि विगत दुई वर्षमा त्यसैसँग सम्बन्धित दर्जनौँ साइबर अपराधीहरू पक्राउ परेका छन् ।

क्रिप्टोकरेन्सी ब्लकचेनभरि भएका अपराधीहरूका रकमलाई पत्ता लगाउने नयाँ तरिकाका कारण यो काम सम्भव भएको हो । तर पछिल्लो पटक विकास भएको एउटा नविन प्रविधीले अनुसन्धान अधिकारीहरूलाई अपराधीसम्म पुग्ने बाटो छेकिरहेको छ ।

डार्कनेटमा एउटा नयाँ सेवा सुरु गरिएको छ, जसले अपराधीहरूलाई उनीहरूको डिजिटल पैसा कति ‘वैध’ छ भनेर जाँच गर्ने सुविधा दिन्छ । अभौतिक मुद्राको यस्तो विश्लेषण सेवा प्रदायक इलिप्टिकका प्रमुख वैज्ञानिक डा. टम रबिन्सनले ‘ब्लकचेन एनालिटिक्स’विरुद्ध आक्रमण गर्न थालेको बताएका छन् ।

उनले नै उक्त वेबसाइट पत्ता लगाएका हुन्, जुन संसारमै पहिलो हो । डा. रबिन्सनका अनुसार यसले अपराधीहरूलाई आफ्ना कुनै पनि बिटक्वाइन वालेटहरू सरकारी अनुसन्धान कर्ताको तारोमा पर्न सक्छन् की सक्देनन् भनेर हेर्ने सुविधा दिएको छ ।

आपराधिक गतिविधिमा प्रयोग भएको छ की छैन भनेर सरकारी अधिकारीहरूले निगरानीमा राख्न सक्ने विद्यमान प्रणालीमाथि यसले ठूलो छेकबार लगाइदिएको छ । जसलाई ‘एन्टिएनालिसिस’ भनिन्छ ।

इलिप्टिकले उक्त कुरा पत्ता लागाएपछि साइबर अपराध सञ्जाल कति परिष्कृत बनिरहेका छन् भनेर विश्लेषण गर्न सकिन्छ । ‘यदि तपाईँको रकम शुद्ध छैन भने तपाईँले आफ्नो रकमलाई शुद्ध नपारुञ्जेल सम्पत्ति शुद्धीकरण गर्न उक्त सञ्जाललाई उपयोग गर्न सक्नुहुन्छ’, डा. रविन्सनले भने ।

रबिन्सनका अनुसार उक्त प्रणालीले नयाँ ट्रेन्डबारे चासो राखिरहेको छ, जसले कानून कार्यान्वयनलाई थप कठिन बनाउन सक्छ । तर संयोगवश त्यसलाई परीक्षण गर्ने उनका अनुसन्धानकर्ताहरूले बताएअनुसार त्यो प्रणालीले अहिले राम्ररी काम गरिरहेको छैन ।

वास्तवमा आपराधिक साइटहरूको पहिचान गर्नका निम्ति यो धेरै राम्रो थिएन । यद्यपि समयानुसार यसमा अवश्य सुधार हुनेछ । भविष्यमा यो अपराधी र सम्पत्ति शुद्धीकरणमा संलग्नहरूका निम्ति महत्त्वपूर्ण सहयोगी साधन हुनेछ ।

चीन, यूएई र ब्रिटेनसहित विश्वभरिका सरकारहरू क्रिप्टोकरेन्सीमार्फत हुने सम्पत्ति शुद्धीकरणको कार्यलाई नियन्त्रण गर्न बल गरिरहेका छन् । क्रिप्टोकरेन्सी ट्र्याकिङका कारण केही ठूला गिरफ्तारीहरू पनि गरिएको छ ।

एकतिरबाट लुट्दै अर्कातिर दान दिँदैछन् ह्याकर

त्यस्ता कारबाहीमध्ये अमेरिकी किशोर ग्राहम इभान क्लार्क पक्राउ परेको घटना पनि पर्छ । अहिले जेलमा रहेका उनी हालसम्मकै ठूलोमध्येको एउटा सामाजिक सञ्जाल ह्याकिङको मुख्य योजनाकार थिए । उनले किम कार्दशिन, एलन मस्क, बिल गेट्स र जो बाइडनलगायतका ट्विटर खाताहरूसम्म पुग्ने एउटा उपाय पत्ता लगाएका थिए ।

क्लार्क र उनको ह्याकर समूहले क्रिप्टोकरेन्सी स्क्यामका लागि एउटा विज्ञापन गरेको थियो । नक्कली गेटवेमार्फत् सर्वसाधारणबाट रकम प्राप्त गर्ने आशाका साथ उनीहरूले यस्तो विज्ञापन गरेका थिए । यस कार्यबाट केही घण्टाभित्रै क्लार्कले एक लाख डलर बनाएका थिए र आफ्ना लुकाइएका बाटाहरूमा रकम स्थानान्तरण गर्न थालेका थिए ।

तर त्यसले काम गरेन । अमेरिकी न्याय मन्त्रालयले उनीमाथि लगाइएको अभियोगमा ‘ब्लकचेनको सफलतापूर्वक विश्लेषण गरिएको तर अज्ञात बिटक्वाइन कारोबारलाई पत्ता लगाएको’ उल्लेख छ । क्लार्क अहिले १८ वर्षका भए । दोषी ठहर भएपछि उनी फ्लोरिडाको जेलमा छन् ।

गोप्य सिक्काकाे प्रयाेग

अधिकारीहरूलाई चिन्तित बनाएको अर्को कुरा भनेको कथित ‘प्राइभेसी क्वाइन’ अर्थात् गोप्य सिक्काको बढ्दो प्रयोग हो । ती मोनेरो र एक्सआरपीजस्ता क्रिप्टोकरेन्सीहरू हुन् । उनीहरूले बिटक्वाइनभन्दा पनि बढी मात्रामा गुप्त रहने सुविधा दिन्छन् ।

जबरजस्ती पैसा मागिएका केही मामिलामा ह्याकरहरूले पीडितलाई छुट पाउने भए ती क्वाइनहरूमा भुक्तानी गर्न भनेका छन् ।
बीबीसीबाट ।


प्रतिक्रिया दिनुहोस्