के व्यवसाय गर्नको लागि शेयर धितो राख्न पाइन्छ ? ४/१२ करोड रुपैयाँको सीमा लागू हुन्छ ? « Arthapath.com
३ जेष्ठ २०८२, शनिबार

के व्यवसाय गर्नको लागि शेयर धितो राख्न पाइन्छ ? ४/१२ करोड रुपैयाँको सीमा लागू हुन्छ ?



काठमाडौं । शेयर धितो ऋणमा कडाइबारे राष्ट्र बैंकले स्पष्टिकरण दिएका छ । पछिल्लो केही दिनयता सेयर धितोमा गरेको कडाईका कारण बजार घटेपछि नेपाल राष्ट्र बैंकले प्रष्टीकरण दिएको हो । नेपाल राष्ट्र बैंकले १२ करोडको सीमा प्रकरणको बारेमा आफ्नो वेभसाइटमा बारम्बार सोधिने प्रश्नमा जानकारी दिएको हो ।

राष्ट्र बैंकले के व्यवसाय गर्नको लागि शेयर धितो राख्न पाइन्छ ? यस्तो कर्जा लिँदा समेत मार्जिन कर्जाको एकल ग्राहक कर्जा सीमा लागू हुन्छ ? भनेर प्रश्न गरेको छ ।

बैंकले आफैले उत्तरमा भनेको छ, ‘उद्यमी व्यवसायीहरुले उद्योग व्यवसायका लागि अन्य धितोसँगै शेयर समेत धितो राख्न चाहेमा शेयर धितो राखी कर्जा लिन पाइन्छ । बैंक तथा वित्तीय संस्थाले व्यवसायीक प्रयोजनको लागि प्रवाह भएको कर्जाको लागि अन्य सम्पत्ति धितो राखे सरह अतिरिक्त धितोको रुपमा शेयर समेत धितोको रुपमा राख्न सक्छन् । अन्य संस्थाको शेयर किन्ने प्रयोजन देखि बाहेकका व्यावसायिक प्रयोजनको लागि शेयर धितो राखी प्रवाह भएको कर्जामा मार्जिन प्रकृतिको कर्जामा जस्तो एकल ग्राहक कर्जा सीमा (Single Obligor Limit) को रुपमा रहेको एउटा इजाजतपत्रप्राप्त संस्थाबाट अधिकतम रु. ४ करोड र सबै इजाजतपत्र संस्थाबाट अधिकतम रु. १२ करोडको सीमा लागू हुदैन ।’

राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत एउटा बैंकिङ संस्थाबाट बढीमा ४ करोड र सबै गरेर १२ करोडसम्म लिन पाउने व्यवस्था गरेको छ । उक्त व्यवस्थाले बजार घटेको भन्दै लगानीकर्ता आन्दोलित बनेका छन् ।

राष्ट्र बैंकले उक्त व्यवस्था गरेपछि शेयर कारोबार गर्नेलाई सहज हुने भएको छ । कुनै लगानीकर्ताले ब्यवसाय गर्न चाहेमा शेयर धितो राखेर ऋण लिन सक्नेछन् भने उक्त ऋणमा कुनै सीमा नतोकिने भएको हो । बैंक तथा वित्तीय संस्थाले व्यवसायीक प्रयोजनको लागि प्रवाह भएको कर्जाको लागि अन्य सम्पत्ति धितो राखे सरह नै शेयर धितो राख्न पाउने भएका छन् ।


प्रतिक्रिया दिनुहोस्