शाखा सञ्जालका आधारमा २७ वाणिज्य बैंकमध्ये कुन बैंक कति अब्बल ? « Arthapath.com
३० आश्विन २०७८, शनिबार

शाखा सञ्जालका आधारमा २७ वाणिज्य बैंकमध्ये कुन बैंक कति अब्बल ?



काठमाडौं । पछिल्लो समय बैंकहरूमा ब्यापक रुपमा प्रतिस्पर्धा बढिरहेको छ । आफूलाई नम्बर १ बनाउन र आफ्नो ब्यापार वृद्धि गर्न बैंकहरूमा प्रतिस्पर्धा बढिरहेको हो । आफ्नो छवि राम्रो बनाउन तथा आफूलाई अब्बल दर्जाको बनाउन बैंकहरूले नयाँनयाँ प्रोडक्ट ल्याएर ग्राहक तानिरहेका हुन्छन् । विभिन्न नयाँ तरिका अपनाएर भएपनि बैंकहरूमा कसरी ब्यापार वृद्धि गर्ने र ग्राहकलाई राम्रो सेवा सुविधा दिने भन्नेतर्फ बढी केन्द्रित रहेका हुन्छन् । जसमा केही वाणिज्य बैंकहरूले ग्राहक संख्या बढाउन अथवा आफ्नो सेवालाई देशव्यापी बनाउन शाखा सञ्जाल विस्तार कार्य तिव्र पारिरहेका छन् । 

कुन बैंकको कति शाखा सञ्जाल रहेका छन्, विस्तृत रुपमा जानकारी गराउन खोजिएको छ । बैंकहरुले पठाएको प्रेस रिलिज र वेभसाइटमा राखिएको विवरणका आधारमा यो समाचार तयार पारिएको हो । यसमा थपघट पनि हुन सक्छ ।

१. माछापुच्छ्रे बैंक लिमिटेड

बैंकले देशभरि १६१ वटा शाखा, १७५ वटा शाखारहित बैंकिङ्ग सेवा, ५ वटा एक्सटेन्सन काउन्टर र २०३ वटा एटिएममार्फत देशभरि सेवा दिइरहेको छ । बैंकका अनुसार १० लाख भन्दा बढि ग्राहक संख्या रहेका छन् । 


२. नबिल बैंक लिमिटेड

नबिल बैंकका देशभरिमा १३५ वटा शाखा र १८५ वटा एटिएम मेसिन रहेका छन् । बैंकका अनुसार १ हजार ५ सयभन्दा बढि नबिल रेमिट एजेन्टहरू रहेका छन् । 


३. ग्लोबल आइएमई बैंक लिमिटेड

ग्लोबल आइएमई बैंकका मुलुकभर २८० वटा शाखा, २५० वटा एटिएम, २५७ वटा शाखारहित बैंकिङ्ग सेवा र ४७ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर रहेका छन् । बैंकले  ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी करिब ८ सय सेवा केन्द्रबाट २३ लाख भन्दा बढि ग्राहकलाई सेवा प्रदान गरिरहेको छ ।का

४. एनआईसी एशिया बैंक लिमिटेड

एनआईसी एशिया बैंकका मुलुकभर ३५६ वटा शाखा कार्यालय, ४७२ वटा एटिएम, ७० वटा विस्तारित काउन्टर र ८१ वटा शाखा रहित बैंकिङ्ग मार्फत बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ । मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक भएको दाबी बैंकले गरेको छ । हालसम्म बैंकका २७ लाख ३६ हजार भन्दा बढी निक्षेप खाता एवं ९१ हजार भन्दा बढी कर्जा खाता गरी २८ लाख २७ हजार भन्दा बढी खाता रहेका छन् । देशको कुल जनसङ्ख्यामध्ये २० वर्ष देखि ५० वर्ष उमेर सतहसम्मको आर्थिक रुपमा सक्रिय जनसङ्ख्याको करिब २५ प्रतिशत जनतालाई सेवा दिन बैंक सफल भएको पनि बैंकले दाबी गरेको छ । 

५. प्रभु बैंक लिमिटेड

प्रभु बैंकका देशभरिमा २१३ वटा शाखा कार्यालय, ५७ एक्सटेन्सन काउन्टर र १८९ वटा एटिएम मेसिन सञ्चालनमा छन् ।

६. मेगा बैंक नेपाल लिमिटेड 

मेगा बैंकको देशभरिमा २ सय वटा शाखा, १३८ वटा एटिएम मेसिन, २४ वटा एक्सटेन्सन काउन्टर र ५७ वटा शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा रहेका छन् । बैंकले चालु आवभित्रै नै १३ वटा नयाँ शाखाहरु विस्तार गरिसकेको जनाएको छ । निकट भविष्यमै थप ३ वटा शाखा विस्तार गर्ने बैंकको तयारी छ । 

७. नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड 

नेपाल इन्भेष्टमेन्ट बैंकका देशभरिमा ८८ वटा शाखा, १३० एटिएम मेसिन, २९ वटा एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर र ५८ वटा शाखारहित बैंकिङ्ग सेवामार्फत ग्राहकहरूलाई सेवा दिइरहेको छ । 

८. सनराइज बैंक लिमिटेड

सनराइज बैंक लिमिटेडको मुलुकभर १४० वटा शाखा कार्यालय, १६१ वटा एटिएम, १२ वटा एक्सटेन्सन काउन्टर र ९२ वटा शाखारहित बैंकिङमार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।

९. नेपाल बैंक लिमिटेड

नेपाल बैंक लिमिटेडका देशभरिमा २१७ वटा शाखा कार्यालय, ११४ वटा एटिएम मेसिन, ३८ वटा एक्सटेन्सन काउन्टर सञ्चालनमा रहेका छन् । 

१०. हिमालयन बैंक लिमिटेड

हिमालयन बैंकका देशभरिमा ६९ शाखा कार्यालय, १३८ वटा एटिएम मेसिन ४ वटा एक्सटेन्सन काउन्टर सञ्चालनमा रहेका छन् । 

११. लक्ष्मी बैंक लिमिटेड

११. लक्ष्मी बैंकले १७३ वटा शाखा कार्यालय, १६७ वटा एटिएम मेसिन, ६ वटा एक्सटेन्सन काउन्टर, ६१ वटा शाखारहित बैंकिङ्गमार्फत सेवा दिइरहेको छ ।   

१२. राष्ट्रिय वाणिज्य बैंक लिमिटेड

राष्ट्रिय वाणिज्य बैंकले २५४ वटा शाखा कार्यालय, २१६ वटा एटिएम मेसिन र ९८ वटा शाखा रहित बैंकिङ्गमार्फत सेवा दिइरहेको छ । बैंकले ७७ जिल्लामा बैंकको सेवा पुगेको दावी गरेको छ । 

१३. सेञ्चुरी कमर्सियल बैंक लिमिटेड

सेञ्चुरी कमर्सियल बैंकले १२६ वटा शाखा कार्यालय, २४ वटा शाखारहित बैंकिङ्ग, १० वटा एक्सटेन्सन काउन्टर र ८३ वटा एटिएम मेसिनमार्फत ग्राहकलाई सुविधा दिइरहेको छ । 

१४. कृषि विकास बैंक लिमिटेड

कृषि विकास बैंकले २८० वटा शाखा कार्यालय, ९२ वटा एटिएम मेसिन र १९ वटा एक्सटेन्सन डाक्टरमार्फत आफ्नो सेवा प्रदान गर्दै आएको छ । 

१५. सिटिजन्स इन्टरनेशन बैंक लिमिटेड

सिटिजन्स इन्टरनेशन बैंकले १८३ वटा शाखा कार्यालय, १२१ वटा एटिएम मेसिन, १ वटा एक्सटेन्सन काउन्टर र  ११३ वटा शाखारहित बैकिङ्गमार्फत आफ्नो सेवा ग्राहकहरूलाई दिइरहेको छ । बैंकका अनुसार हालसम्म १२ लाख ग्राहक रहेका छन् । 

१६. एनसीसी बैंक लिमिटेड

एनसीसी बैंकले १३५ वटा शाखा कार्यालय, १० वटा एक्सटेन्सन काउन्टर र ११० वटा एटिएम मेसिनमार्फत आफ्नो सेवा दिइरहेको छ ।  

१७. कुमारी बैंक लिमिटेड

कुमारी बैंकले १९६ वटा शाखा कार्यालय, ३४ वटा शाखारहित बैंकिङ्ग सेवा, १३ वटा एक्सटेन्सन काउन्टर र १६५ वटा एटिएम मेसिनमार्फत सेवा प्रदान गरिरहेको छ । 

१८. एनएमबि बैंक लिमिटेड

एनएमबि बैंकले १८१ वटा शाखा कार्यालय, ९ वटा एक्सटेन्सन काउन्टर र १३७ वटा एटिएममार्फत सेवा दिइरहेको छ । 

१९. नेपाल एसबिआई बैंक लिमिटेड

नेपाल एसबिआई बैंकले १२१ वटा शाखा, ६ वटा शाखारहित बैंकिङ्ग सेवा, १९ वटा एक्सटेन्सन काउन्टर १२२ वटा एटिएम मेसिन सञ्चालनमा रहेका छन् । 


२०. सानिमा बैंक लिमिटेड

सानिमा बैंकका ९० वटा शाखा र एक्सटेन्सन काउण्टर २७ सञ्चालनमा रहेका छन् ।

२१. एभरेष्ट बैंक लिमिटेड

एभरेष्ट बैंकका देशभरिमा १०५ वटा शाखा कार्यालय, १३७ वटा एटिएम, ३१ वटा राजश्व संकलन काउन्टर, ३ वटा एक्सटेन्सन काउन्टर सञ्चालनमा रहेका छन् । 


२२. सिद्धार्थ बैंक  लिमिटेड

सिद्धार्थ बैंकले २०९ वटा एटिएम मेसिन, १८९ वटा शाखा कार्यालयबाट सेवा प्रदान गरिरहेका छ । ११४ वटा शाखारहित बैंकिङ्ग, ३ एक्सटेन्सन डाक्टरमार्फत सेवा प्रदान गरिरहेको छ । 


२३. बैंक अफ काठमाण्डू लिमिटेड
बैंक अफ काठमाण्डूले ९० वटा शाखा कार्यालय, २५ वटा शाखारहित बैंकिङ्ग सेवा, १० वटा एक्सटेन्सन काउन्टर र ८० वटा एटिएममेशिनमार्फत सेवा प्रदान गरिरहेका छ 

२४. स्टाण्डर्ड चार्टड बैंक लिमिटेड

स्टाण्डर्ड चार्टड बैंकका १२ वटा शाखा कार्यालय र १६ वटा एटिएम मेसिन सञ्चालन रहेका छन् । 


२५. नेपाल बङ्गलादेश बैंक लिमिटेड

नेपाल बङ्गलादेश बैंकले १ सय वटा शाखा कार्यालय ९ वटा एक्सटेन्सन काउन्टर र ८१ वटा एटिएममेशिन मार्फत सेवा दिइरहेको छ । 

२६. प्राइम बैंक लिमिटेड

प्राइम बैंकले १९० वटा शाखा कार्यालय र १०८ वटा एटिएममार्फत ग्राहकलाई सेवा दिइरहेको छ ।  

२७. सिभिल बैंक लिमिटेड

सिभिल बैंकले ११५ वटा शाखा कार्यालय, १० वटा एक्सटेन्सन काउन्टर र ८६ वटा एटिएम मेसिनमार्फत सेवा प्रदान गरिरहेको छ ।  


प्रतिक्रिया दिनुहोस्