सुनचाँदीको भाउ घट्यो, प्रतितोला कति ?

काठमाडौं । साताको अन्तिम दिन आज शुत्रलबार सुनचाँदीको भाउ घटेको छ । आज सुन तोलामा ४ सयले घटेर छापावाला सुन प्रतितोला ९२ हजार २ सय र तेजावि सुन ९१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यसैगरी आज चाँदी तोलामा ५ रुपैयाँले घटेर प्रतितोला १ हजार २ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ ।
हिजो विहिबार सुन तोलामा ४ सयले बढेर छापावाला सुन प्रतितोला ९२ हजार ४ सय र तोजावि सुन ९१ हजार ९ सयमा कारोबार भएको थियो । भने चाँदी प्रतितोला १ह जार २ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।
