तिहारपछि सुन १५ सय र चाँदी २५ रुपैयाँले बढ्यो

काठमाडौं । आज सोमबार सुन एकैदिन तोलामा १५ सयले बढेको छ । सुन तिहार पछि कारोबार भएको दिन १५ सय रुपैयाँले उकालो लागेर छापावाला सुन प्रतितोला ९२ हजार ५ सय र तेजावि सुन ९२ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यसैगरी आज चाँदी एकैदिन तोलामा २५ रुपैयाँले बढेर प्रतितोला १ हजार २ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।
यसअघि अन्तिम कारोबार दिन विहिबार सुन प्रतितोला ५०० रुपैयाँले घटेर छापावाला सुन ९१ हजार र तेजावि सुन ९० हजार ५ सयमा कारोबार भएको थियो ।
