सुनचाँदीको भाउ घट्यो, प्रतितोला कति ? « Arthapath.com
३ मंसिर २०७८, शुक्रबार

सुनचाँदीको भाउ घट्यो, प्रतितोला कति ?



काठमाडौँ । साताको अन्तिम कारोबार दिन आज शुक्रवार सुनचाँदीको भाउ घटेको छ । यस दिन सुन तोलामा १ सय र चाँदी ५ रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा १ सयले घटेर छापावाला सुन प्रतितोला ९४ हजार ४ सय र तेजाबी सुन ९३ हजार ९ सयमा कारोबार भइरहेको छ ।

हिजो बिहीबार छापावाला सुन प्रतितोला ९५ हजार ५ सय र तेजाबी सुन ९४ हजार रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी आज चाँदी तोलामा ५ रुपैयाँले घटेर प्रतितोला १ हजार २ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ । थियो चाँदी प्रतितोला १ हजार २ सय ८० रुपैयाँमा कारोबार भएको थियो ।


प्रतिक्रिया दिनुहोस्