कोरोनाबाट थप २ जनाको मृत्यु, ६८० नयाँ संक्रमित थपिए - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

कोरोनाबाट थप २ जनाको मृत्यु, ६८० नयाँ संक्रमित थपिए



काठमाडौं । पछिल्लो २४ घन्टामा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ । यो सहित नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ९०२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घन्टामा थप ६८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार ७ हजार ९५ जनाको नमूना परीक्षणमा सो संख्यामा संक्रमण देखिएको हो। ४ हजार २५६ नमूनाको पीसीआर र २८ सय ३९ नमूनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको थियो ।

यस्तै मंगलबार थप १ हजार ८३५ जना कोरोनामु्क्त भएका छन्। मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ४३ हजार ८८१ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । हाल सक्रिय संक्रमित १९ हजार ४०० जना रहेका छन् ।


प्रतिक्रिया दिनुहोस्