खाद्यान्न र प्रशोधित पिउने पानीको गुणस्तर खस्किदै, दुध तथा दुग्ध पदार्थ विरुद्ध सर्वाधिक मुद्दा दायर
काठमाडौं । आर्थिक वर्ष २०७८/७९ खाद्य ऐन अन्र्तगत कसुर मुद्दा मध्ये सबैभन्दा बढी दुध तथा दुग्ध पदार्थ परेको छ । खाद्य ऐन तथा नियम अनुसार न्यूनस्तर तथा दूषित उत्पादन तथा बिक्री वितरण गरेको कसुरमा विभिन्न जिल्ला प्रशासन कार्यालय तथा जिल्ला अदालतमा दायर गरिएका ३८ मुद्दा मध्ये १३ प्रतिशत दुध तथा दुग्ध पदार्थको परेका छन् ।
उक्त ३८ थान मुद्दाहरुमध्ये १९ मुद्दाहरु दुषितका, १० वटा मुद्दाहरु न्युन गुणस्तर, १ वटा मुद्दा अनुज्ञापत्र नलिकन कारोबार गरेको र ७ वटा मुद्दाहरु लेवल नमिलेका तथा १ वटा मुद्दा खाद्य ऐन नियम निर्देशिका उलङ्घन सम्बन्धिका रहेका छन् ।
पछिल्लो समय खाद्य पदार्थ तथा खाद्यान्नजन्य वस्तु र प्रशोधित पिउने पानीको गुणस्तर खस्किदै गएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले आर्थिक वर्ष २०७८/७९ को दोस्रो त्रैमासिक अवधिमा गरेको बजार निरिक्षण र अनुगमनका क्रममा खाद्यान्न र पिउने पानीका नमुना सबैभन्दा बढी प्रतिकुल देखिएका हुन् ।
साउन १ देखि पुस मसान्तसम्म विभागले गरेको अनुगमनका क्रममा कुल २१२४ नमुना संकलन गरेको थियो । सोमध्ये ९०० नमुनाहरुको विश्लेषण गर्दा ७४ वटा नमुना प्रतिकुल रहेको पाइयो । जसमा खाद्यान्नमा २२ नमुना र प्रशोधित पिउने पानीका १५ ओटा नमुना न्युन गुणस्तर र प्रतिकुल पाइएको विभागले जनाएको छ ।
त्यस्तै फल तथा सागपात जन्य ११ नमुनाहरु, दुध तथा दुक्ष्ध पदार्थका ५ नमुनाहरु, तेल तथा घ्युजन्यका ३ नमुनाहरु, चिया कफीका ३ नमुनाहरु, मसला पदार्थका २ नमूनाहरु, मासु र मासुजन्य पदार्थको १ नमुना र दाना पदार्थका ४ वटा नमुनाहरु लगायतका अन्य खाद्य पदार्थ ८ वटा नमुनाहरु प्रतिकूल रहेका छन् ।
विभागले शुुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै खाद्य पदार्थ र पिउने पानीको नमुुनाहरु तुलनात्मक रुपमा बढी प्रतिकुल पाइएको हो । त्यस्तै फलफुल तथा सागपातजन्य पदार्थका ११ ओटा, दूध र दूग्धजन्य पदार्थका ५ वटा, तेल तथा घ्युजन्यका ३ वटा, चिया तथा कफीका ३ वटा, मसला पदार्थका २ वटा, , मासुजन्य पदार्थका १ वटा र दाना पदार्थका ४ वटा नमुना लगायत अन्य खाद्य पदार्थका ८ वटा नमुना प्रतिकुल रहेको विभागका प्रवक्ता मोहनकृष्ण महर्जनले जानकारी दिए ।













