किसानलाई मल बीउ र उत्पादनमा ढुक्कसंग लाग्ने वातावरणको विकास गर्न नेपाल कृषि सहकारी केन्द्रीय संघको जोडदार माग - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

किसानलाई मल बीउ र उत्पादनमा ढुक्कसंग लाग्ने वातावरणको विकास गर्न नेपाल कृषि सहकारी केन्द्रीय संघको जोडदार माग



काठमाडौं । सहकारी संघ संस्थाहरुलाई मल बीउको उपलब्धता बढाई किसानहरुलाई कृषि जन्य उत्पादनमा ढुक्कसंग लाग्ने वातावरणको विकास गर्न नेपाल कृषि सहकारी केन्द्रीय संघ लिमिटेडले जोडदार माग गरेका छन् । जसले अहिले सहकारीले मल, बीउ दिन सकेन भनेर प्रचार गर्ने कार्य गरेको छ र संस्था एंव सदस्यहरुलाई हतोत्साहित बनाउने कार्य गरेको छ उनीहरुलाई सरकारले पनि सचेत गराउँदै त्यसो नगर्न जानकारी गराएको हो ।

नेपाल कृषि सहकारी केन्द्रीय संघ लिमिटेड नेपालका ७५ वटा जिल्लामा सञ्जाल विस्तार भएको ११ सय भन्दा बढि सहकारी संस्था सदस्य रहेको र करिव ४० लाख भन्दा बढि सदस्य रहेको केन्द्रीय संघ लिमिटेड हो । यस संघले आफ्ना सदस्य संस्थाहरु मार्फत सदस्य किसानहरुलाई सिप, क्षमता र व्यवसायिक अभ्यासका लागि सहयोग प्रदान गर्दै आएको छ । यसैगरी संघमा आवद्ध रहेका संस्थाहरुले पनि आफ्ना सदस्य किसानहरुलाई विभिन्न प्रकारका सेवाहरु प्रदान गर्दै कृषि तथा पशुजन्य उत्पादन तथा उत्पादकत्व बढाउन सहयोग गरेको यहाँलाई विधितै छ ।

हामीले लामो समय देखी ग्रामीणतहका किसानहरुलाई कृषि र पशुपालनमा संलग्न गराई उनिहरुको अािर्थक, सामाजिक, सचेतनाको विकास गर्न सहयोग गरिरहेका छौं । यसमा नेपाल सरकार, सहयोगी निकाय र सरोकारवाला नियकाहरुको पनि साथ सहयोग प्राप्त भएको यहाँलाई जानकारी गराउन चाहन्छौं । यसै समयमा विगत केही वर्षदेखी नेपाल सरकारले मल, बीउ लगाएत किसानका लागि आवश्यक अन्य कुराहरुको सहज उपलब्धता गराउन नसक्दा अहिले पनि किसानहरु मारमा परिरहेका छन् ।

सरकारले सहकारी संस्था मार्फत मल, बीउ किसानहरुलाई प्रदान गर्ने योजना र कार्यक्रम अगाडि सारेसंग उत्साहित भएका सहकारी संस्था, सञ्चालक र किसानहरु अहिले सहकारीमा मल, बीउ प्राप्त नहुँदा दुखी भएका छन् । यसैगरी नेपालको तराई क्षेत्रमा विभिन्न हिंसात्मक समुहको तारो सहकारी संस्था बनिरहेका छन् । अहिले सहकारी संस्थालाई सरकारले मल बीउ उपलब्ध गराउन नसकेको अवस्थामा सहकारीले मल बीउ दिन सकेन भन्ने सन्देश फैलाएको प्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ ।

साथै सहकारी संस्था एउटा माध्ययम मात्र भएको पनि सबैमा जानकारी गराउन चाहन्छौं । सहकारी संस्था आफै बीउ र मल उत्पादन गर्ने र विक्रि गर्ने कार्यमा संलग्न नभएको भन्दै सरकारले मल बीउ उपलब्ध गराउन नसकिरहेको अवस्थामा संस्थामा आउने, सदस्य किसानहरुलाई भड्काउने कार्य कदावी स्वीकार्य छैन । यसप्रति नेपाल सरकार कृषि तथा पशुपन्छी मन्त्रालय, प्रदेश सरकार र स्थानिय सरकारको ध्यानाकर्षण समेत गराएका छन् ।


प्रतिक्रिया दिनुहोस्