बिहिबार यी कम्पनीको भयो सर्वाधिक कारोबार

काठमाडौं । साताको पाँचौ दिन नेप्से परिसूचक १८.२६ अकंले घटेर २११२.४७ बिन्दुमा बन्द भएको छ । बजेट भाषण यता नेप्सेमा भारी गिरावट आइरहेको हो ।
बिहिबार पूँजी बजारमा नेप्सेमा सूचिकृत २२७ कम्पनीको ३५ लाख ६६ हजार ८१९ कित्ता शेयर किनबेच हुदाँ १ अर्ब १६ करोड १५ लाख १४ हजार १६८ रुपैयाँको कारोबार भएको हो । नेप्से राताम्य हुदाँ कारोबार पनि खुम्चिएको देखिएको छ ।
आज नेप्से घटेर कारोबार समेत १ अर्ब हुदाँ माउन्टेन हाइड्रो नेपालको सर्वाधिक कारोबार भएको छ । कम्पनीको आज १२ करोड १२ लाख ५८ हजार रुपैयाँको कारोबार भएको हो ।
त्यस्तै, एनआईसी एशिया बैंकको ६ करोड ५४ लाख ६० हजार रुपैयाँ, नबिल बैंकको ३ करोड १८ लाख ५७ हजार रुपैयाँ, हिमालयन डिस्टलरीको ३ करोड ८ लाख ६१ हजार रुपैयाँ र शिखर इन्स्योरेन्सको २ करोड ८८ लाख ५० हजार रुपैयाँको कारोबार भएको हो ।
