सिटिजन्स बैंक र फोकसवान प्रालि बिच कार्डमा आधारित भुक्तानी सेवा संचालन गर्ने सम्झौता
काठमाडौं । डिजिटल बैंकिङ्गलाई सधैं प्राथमिकतामा राख्दै आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ग्राहकहरुको आवश्यकतालाई मध्यनजर गर्दै नयाँ सुविधा ल्याएको छ । बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल माध्यमको प्रयोग गरी विभिन्न सेवा सुबिधा प्रदान गर्ने क्रममा भुक्तानी सेवा प्रदायक, फोकसवान प्रा.लि सँग कार्डमा आधारित स्क्यान टू पे र क्यू आर माध्यमवाट भुक्तानी गर्ने सम्बन्धी सम्झौतामा हस्ताक्षर गरी सेवा प्रारम्भ गरेको हो ।
उक्त सेवा संचालनमा आएसंगै बैंकका कार्ड बाहकहरुले फोकसवानद्धारा संचालित मोको डिजिटल वालेटमा बैंकका डेबिट÷क्रेडिट कार्डहरु लिङ्क गरि सोही कार्डहरुबाट खर्च हुने गरि बिभिन्न सेवाहरु जस्तै मोबाइल टपअप, इन्टरनेट, विद्युत, खानेपानीको बिल भुक्तानी, हवाइजहाजको टिकट भुक्तानी लगायतका सेवाहरु प्रयोग गर्न सक्नेछन । यसै गरि बैंकका ग्राहकहरुले मोको वालेट मार्फत एनसीएचएलको नेपाल पे अन्तर्गतका क्यू आर माध्यमवाट भुक्तानी समेत गर्न सक्नेछन ।
सिटिजन्स बैंक लगायतका बिभिन्न बैंकहरु द्वारा प्रबर्धित नेपाल पेमेन्ट सोलुसन (नेप्से) तथा फोकसवानको सहकार्यमा प्रारम्भ गरिएको यस सेवाबाट बैंकको डिजिटल बैंकिङ्ग सेवाको क्षेत्रमा नौलो आयाम थपिएको विश्वास बैंकले लिएको छ ।
आफ्ना आदरणीय ग्राहक महानुभावहरुको वित्तीय आवश्यकताहरु सुरक्षित तवरले प्रदान गर्ने अभिप्रायका साथ यस अघि नै बैंकले कियोस्क, ई.के.वाई.सी तथा नागरिक एप मार्फत अनलाइन खाता खोल्न सक्ने जस्ता सुबिधाको सुरुवात गरी सकेको छ । साथसाथै, यस बैंकका ग्राहकहरुको बैंक सम्बन्धी जिज्ञासा तथा समस्याहरुको छिटो भन्दा छिटो समाधान प्राप्त होस् भन्ने उद्घेश्यले ग्राहक साहायता केन्द्रको समेत स्थापना गरिसकेको छ । जसबाट बैंकका ग्राहक सेवा प्रतिनिधिहरुसँग सम्पर्क गरी आफ्ना बैंकिङ्ग सम्बन्धी जिज्ञासा तथा समस्याहरुको समाधान शाखामा उपस्थित नभईकन ०१ ५९७००६८ नम्बरमा फोन गरी तथा [email protected] मा ईमेल गरी प्राप्त गर्न सक्नुहुनेछ ।
यस प्रकारको सेवाबाट बैंकका ग्राहकहरुले सहज रुपमा सेवा प्राप्त गरि लाभान्वित हुने तथा डिजिटल बैंकिङ्ग सभ्यताको विकास हुने विश्वास बैंकले लिएको छ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १७४ वटा शाखा, १२५ वटा ए.टि.एम. र ९३ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव १४ लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।













