नेप्सेमा ३ कम्पनीको साढे ३२ लाख कित्ता बोनस शेयर सूचीकृत, कुनको कति ? « Arthapath.com
२६ जेष्ठ २०८२, सोमबार

नेप्सेमा ३ कम्पनीको साढे ३२ लाख कित्ता बोनस शेयर सूचीकृत, कुनको कति ?



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा यस साता विभिन्न ३ कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । जेष्ठ १६ गते सोमबारदेखि जेष्ठ २० गते शुक्रबारसम्म नेप्सेमा विभिन्न ३ कम्पनीको बोनस शेयर सूचीकृत भएको हो । प्रुडियन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेड, नेको इन्स्योरेन्स कम्पनी लिमिटेड र सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको गरी कूल ३२ लाख ५६ हजार ४३२ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।

१. प्रुडियन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको ७ प्रतिशत बोनस बापतको ७ लाख ७५ हजार ९८२.५९ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो । इन्स्योरेन्स कम्पनीले गत आर्थिक बर्ष २०७७–७८ को नाफाबाट चुक्ता पूँजीको ७ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.३६८ प्रतिशत नगद गरी कूल ७.३६८ प्रतिशत लाभांश वितरण गरेको थियो ।

२. नेको इन्स्योरेन्स कम्पनी लिमिटेडको १५ प्रतिशत बोनस शेयर बापतको २२ लाख ८२ हजार ४५०.६१ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो । इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०७७–७८ को नाफाबाट कायम चुक्ता पूँजीको १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.७९ प्रतिशत नगद गरी कूल १५.७९ प्रतिशत लाभांश वितरण गरेको थियो ।

३. सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको ३० प्रतिशत बोनस शेयर बापतको १ लाख ९८ हजार कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो । लघुवित्तले गत आर्थिक वर्ष २०७७–७८ को नाफाबाट कायम चुक्ता पूँजीको ३० प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ १.५७८९ प्रतिशत नगद गरी कूल ३१.५७८९ प्रतिशत लाभांश वितरण गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्