प्राइम कमर्सियल बैंकले ५ वर्ष पुरानो नगद लाभांश लिन आग्रह - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

प्राइम कमर्सियल बैंकले ५ वर्ष पुरानो नगद लाभांश लिन आग्रह



काठमाडौं । प्राइम कमर्सियल बैंक पुरानो लाभांश लिन आग्रह गरेको छ । बैंकले एक सूचना प्रकाशित गर्दै शेयरधनीलाई पुरानो नगद लाभांश लिन अनुरोध गरेको हो ।

कम्पनीले ५ वर्ष पुरानो नगद लाभांश हालसम्म पनि शेयरधनीले नलिएकाले समय लिन भनेको हो । उक्त नगद लाभांश लिन बाँकी शेयरधनीले असार मसान्तभित्र सिभिल क्यापिटल मार्केट लिमिटेड सुन्धारा, काठमाडौंमा सक्कल नागरिकतासहित सम्पर्क गरी लिन सक्ने कम्पनीले जानकारी दिएको छ ।

साथै, तोकिएको अवधि भित्र उक्त लाभांश नलिएमा नियम अनुसार लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने पनि कम्पनीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्