नबिल बैंकले केन्द्रीय कार्यालय र १७ वटा शाखाका शौचालयलाई सार्वजनिक रुपमा प्रयोग गर्न दिने - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

नबिल बैंकले केन्द्रीय कार्यालय र १७ वटा शाखाका शौचालयलाई सार्वजनिक रुपमा प्रयोग गर्न दिने



काठमाडौं । नबिल बैंक लिमिटेड र काठमाडौं महानगरपालिकाबीच बुधबार एक सम्झौता भएको छ । नबिल बैंकले आफ्नो केन्द्रीय कार्यालय र १७ वटा शाखाका शौचालयलाई सार्वजनिक सौचालयका रुपमा प्रयोग गर्न दिने सम्झौता भएको हो ।

नबिल बैंकको केन्द्रिय कार्यालय तीनधारा दरबारमार्गस्थित केन्द्रीय कार्यालय र १७ वटा शाखाका शौचालयलाई बैंकले सार्वजनिक रुपमा प्रयोग गर्न दिने भएको हो ।

शौचालय प्रयोग गरे बापत बैंकले कुनै शुल्क लिने छैन भने शौचालयको मर्मत सम्भार, सफाइ र पानीको प्रबन्ध बैंक आफैले गर्ने भएको हो । बैंकले गरेको उक्त सम्झौता ५ वर्ष अवधिको हुने जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्