बुधबार यी कम्पनीको भयो सर्वाधिक कारोबार « Arthapath.com
२६ जेष्ठ २०८२, सोमबार

बुधबार यी कम्पनीको भयो सर्वाधिक कारोबार



काठमाडौं । जेठ १५ गते बजेट भाषणसँगै निरन्तर ओरालो लागेको शेयर बजारमा आज भने उच्च अकंले बढेको छ । शेयर बजार सम्बन्धी बजारमा अनेकौं अन्यौंल हुदाँ समेत आज शेयर बजारमा आकर्षक सुधार देखिएको हो ।

साताको तेस्रो कारोबारको दिन नेप्से परिसूचक ६०.२२ अकंले बढेर २०८०.४४ बिन्दुमा बन्द भएको छ । मंगलबार भने नेप्से परिसूचक ४५.५९ अकंले घटेर २०२०.२३ बिन्दुमा बन्द भएको थियो ।

बुधबार पूँजी बजारमा नेप्सेमा सूचीकृत २३१ कम्पनीको ५० लाख ५ हजार ८१४ कित्ता शेयर किनबेच हुदाँ १ अर्ब ६४ करोड ३ लाख ५६ हजार ६०८ रुपैयाँको कारोबार भएको हो । अघिल्लो कारोबारको दिने भने पूँजी बजारमा नेप्सेमा सूचीकृत २३४ कम्पनीको ३८ लाख ८७ हजार ७४८ कित्ता शेयर किनबेच हुदाँ १ अर्ब ३१ करोड २८ लाख ६ हजार ५६२ रुपैयाँको कारोबार भएको थियो ।

बुधबार अरुण भ्याली हाइड्रोपावरको शेयरमा सर्वाधिक खरिद बिक्री भएको छ । कम्पनीको आज ५ करोड १२ लाख ४० हजार रुपैयाँको कारोबार भएको हो ।

त्यस्तै, कुमारी बैंकको ४ करोड ९९ लाख १५ हजार रुपैयाँ, हिमालयन डिस्टलरीको ४ करोड ९४ लाख ३५ हजार रुपैयाँ, नेपाल इन्भेष्टमेन्टको ४ करोड ७४ लाख १० हजार रुपैयाँ र अपी पावर कम्पनीको ४ करोड ५९ लाख ७४ हजार रुपैयाँको कारोबार भएको हो ।


प्रतिक्रिया दिनुहोस्