चार कम्पनीको शेयरमा सर्किट, यी लगानीकर्ताले सर्वाधिक कमाए-गुमाए

काठमाडौं । जेठ १५ गते बजेट भाषणसँगै निरन्तर ओरालो लागेको शेयर बजारमा आज भने उच्च अकंले बढेको छ । साताको तेस्रो कारोबारको दिन नेप्से परिसूचक ६०.२२ अकंले बढेर २०८०.४४ बिन्दुमा बन्द भएको छ
बुधबार पूँजी बजारमा नेप्सेमा सूचीकृत २३१ कम्पनीको ५० लाख ५ हजार ८१४ कित्ता शेयर किनबेच भएको छ । आज नेप्सेमा सुधार आउदा कारोबार १ अर्ब ६४ करोड ३ लाख ५६ हजार ६०८ रुपैयाँ भएको छ ।
नेप्से आकर्षक सुधार आए पनि कारोबार भने आसै सुधार आउन सकेको छैन । आज ४ कम्पनीको शेयरमा सर्किट लागेको छ । बुधबार सामुदायिक लघुवित्त, उपकार लघुवित्त, बलेफी हाइड्रोपावर र कालिका लघुवित्तको शेयरमा सर्किट लागेको हो ।

त्यस्तै, आज सर्वाधिक गुमाउने कम्पनीमा माउन्टेन हाइड्रो नेपाल रहेको छ । कम्पनीको शेयर आज ४.११ प्रतिशतले घटेको हो । साथै, आरबिबि म्युचुअल फण्ड १ को २.८६ प्रतिशत,नबिल ब्यालेचड फण्डको २.८२ प्रतिशत, एनआईबिएल प्रगति फण्डको १.९० प्रतिशत र हिमालयन बैंकको ०.९६ प्रतिशतले शेयर घटेको हो ।
