आकासियो पूँजी बजार नेप्से ६० अकंले बढ्दा कारोबार १ अर्ब ६४ करोड, सबैं उपसूचकमा हरियाली

काठमाडौं । बजेट भाषण पछि लगातार राताम्य भएको शेयर बजारमा आज आकर्षक सुधार देखिएको छ । पूँजी बजार सम्बन्धी लगानीकर्ताका हितका लागि खासै कुरा नसमेटिएको हुदाँ लगानीकर्ताहरु आजै अन्यौलमा रहेका थिए ।
आज नेपाल धितोपत्र बोर्डको ३०औं वार्षिकोत्सवको अवसरमा बोल्दै अर्थमन्त्री जनार्दश शर्मा पूँजी बजारमा देखिएका समस्या समाधानका लागि ४ सदस्यीय समिति गठन गरेको भने सँगै आज शेयर बजार उचालिएको आंकलन गरीएको छ । साथै शर्माले पूँजी बजार सुधार सम्बन्धीका माग मौद्रीक नितिमा सम्बोधन गर्ने बताएसँगै लगानीकर्ता उत्साहित भएको विज्ञहरु बताउछन् ।
शेयर बजार माफियाहरुको चलखेलका कारण बढेको समेत आंकलन गर्ने थालिएको छ । अहिल शेयर बजारमा देखिएको समस्या समाधानका लागि सदन देखि सडकसम्म बिरोध हुन थाले पनि सरकारको ध्यान समेत केन्द्रित भएको छ । नेपाल राष्ट्र बैंकका गर्भनर देखि अर्थमन्त्री शर्माले पूँजी बजार सुधारका लागि आफुले पहल गर्ने बताएसँगै आज सुधार आएको हो ।
साताको तेस्रो कारोबारको दिन नेप्से परिसूचक ६०.२२ अकंले बढेर २०८०.४४ बिन्दुमा बन्द भएको छ । मंगलबार भने नेप्से परिसूचक ४५.५९ अकंले घटेर २०२०.२३ बिन्दुमा बन्द भएको थियो ।
बुधबार पूँजी बजारमा नेप्सेमा सूचीकृत २३१ कम्पनीको ५० लाख ५ हजार ८१४ कित्ता शेयर किनबेच हुदाँ १ अर्ब ६४ करोड ३ लाख ५६ हजार ६०८ रुपैयाँको कारोबार भएको हो । अघिल्लो कारोबारको दिने भने पूँजी बजारमा नेप्सेमा सूचीकृत २३४ कम्पनीको ३८ लाख ८७ हजार ७४८ कित्ता शेयर किनबेच हुदाँ १ अर्ब ३१ करोड २८ लाख ६ हजार ५६२ रुपैयाँको कारोबार भएको थियो ।
आज नेप्से उच्च अकंले बढ्दा १३ वटै उपसूचकमा हरियाली छाएको छ । आज बैंकिङ समूहको २.११ प्रतिशत, ब्यापार समूहको ३.४७ प्रतिशत, होटल तथा पर्यटन समूहको ३.४८ प्रतिशत, विकास बैंक समूहको ३.३ प्रतिशत, हाइड्रोपावर समूहको ३.५७ प्रतिशत, फाइनान्स समूहको ५.०३ प्रतिशत, निर्जीवन बीमा समूहको ३.८४ प्रतिशत, म्यानुफ्याक्ट्ररिङ एण्ड प्रोसेसिङ समूहको ३.१६ प्रतिशत, अन्य समूहको ३.८५ प्रतिशत, माइक्रोफाइनान्स समूहको ३.६४ प्रतिशत, जीवन बीमा समूहको ३.०६ प्रतिशत, म्युचुअल फण्ड समूहको १.१७ प्रतिशत र इन्भेष्टमेन्ट समूहको २.९ प्रतिशतले शेयर मूल्य बढेको हो ।