नेप्सेमा एक कम्पनीको १ करोड ७९ लाख कित्ता बोनस शेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्च (नेप्से) मा एक कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । नेप्सेमा नेपाल लाइफ इन्स्योरेन्सको १४ प्रतिशत बोनस शेयर बापतको १ करोड ७९ हजार ९५८ दशमलव ९३ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।
कम्पनीको गत चैत २१ गते सम्पन्न भएको वार्षिक साधारण सभाले १४ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । यो बोनस शेयर लगानीकर्ताको हितग्राही खातामा आएपछि खरीदबिक्री गर्न मिल्नेछ ।