दुई कम्पनीको शेयरमा सर्किट, यी लगानीकर्ताले सर्वाधिक कमाए-गुमाए

काठमाडौं । हिजो सुधार आएको नेप्से आज फेरी ओरालो लागेको छ । साताको पाँचो दिने नेप्से परिसूचक १७.५८ अकंले घटेर २०६२.८६ बिन्दुमा कायम भएको हो ।
बिहिबार पूँजी बजारमा नेप्सेमा सूचीकृत २२९ कम्पनीको ४१ लाख ५६ हजार १०४ कित्ता शेयर किनबेच भएको छ । नेप्से घट्दा कारोबार समेत १ अर्ब ४७ करोड २६ लाख ९० हजार ५५४ रुपैयाँमा सिमित भएको छ ।
बिहिबार नेप्से घटेर कारोबार साढे १ अर्बमा सिमित हुदाँ २ कम्पनीको शेयर सर्किट लागेको छ । आज उपकार लघुवित्त र बलेफी हाइड्रोपावरको शेयरमा सर्किट लागेको हो । साथै, एनएमबि ५० को ५.२९ प्रतिशत, मिथिला लघुवित्तको ३.९५ प्रतिशत र आरबिबि म्युचुअल फण्डको ३.९२ प्रतिशतले बढेको हो ।

त्यस्तै, आज सर्वाधिक गुमाउने कम्पनीमा नेपाल इन्भेष्टमेन्ट बैंकको संस्थापक शेयर रहेको छ । कम्पनीको शेयर आज ६.६१ प्रतिशतले घटेको हो । साथै, सिन्गटी हाइड्रो इर्नजीको ५.३४ प्रतिशत, समिट लघुवित्तको ५.०३ प्रतिशत र इमर्जिङ नेपालको ४.३४ प्रतिशतले घटेको हो ।
