फेरी शेयर बजारमा पहिरो, करिब साढे १ अर्बको कारोबार हुदाँ १२ उपसूचक राताम्य (कहिले होला सुधार)

काठमाडौं । नेपाल धितोपत्र बोर्डको ३०औं वार्षिकोत्सवको अवसरमा शेयर बजार आकाशिएको भए पनि आज भने फेरी ओरालो लागेको छ । अर्थमन्त्री जनार्दन शर्माले पूँजी बजारमा देखिएको समस्या समाधानका लागि ४ सदस्य समिति गठन गरेको भएपनि लगानीकर्ता आजै अन्यौलमा रहेको आंकलन गरीएको छ । लगानीकर्ता बिनाको समिति गठन गरेको भन्दै अर्थमन्त्रालयको बिरोध समेत भइरहेको छ ।
तिलक कोइरालाको नेत्वृतमा अहिले लगानीकर्ताहरुले आन्दोलन अगाडि बढाइरहेको छन् । हिजो धितोपत्र बोर्डलाई घेरा हाल्न गएका लगानीकर्ता माथि प्रहरीले हस्तक्षप गर्दा लगानीकर्ता कति प्रहरीको नियन्त्रणमा पुगेका थिए । शेयर बजार सुधारको आशामा बसेका लगानीकर्ताहरुमा अहिले निशास पैदा भइरहेको छ । नेप्सेमा निरन्तर ओरालो लाग्दा अब शेयर बजारमा सुधार केहीले होला भन्ने टुङ्गो लागेको छैन । मौद्रीक नितिको तेस्रो समिक्षा पहिला ८ अर्ब भन्दा माथिको कारोबार हुने शेयर बजामा केही महिना यता १ अर्बमा खुम्चि रहेको छ ।
साताको पाँचो दिने नेप्से परिसूचक १७.५८ अकंले घटेर २०६२.८६ बिन्दुमा कायम भएको छ । साताको तेस्रो कारोबारको दिन नेप्से परिसूचक ६०.२२ अकंले बढेर २०८०.४४ बिन्दुमा बन्द भएको थियो ।
बिहिबार पूँजी बजारमा नेप्सेमा सूचीकृत २२९ कम्पनीको ४१ लाख ५६ हजार १०४ कित्ता शेयर किनबेच हुदाँ १ अर्ब ४७ करोड २६ लाख ९० हजार ५५४ रुपैयाँको कारोबार भएको छ । बुधबार पूँजी बजारमा नेप्सेमा सूचीकृत २३१ कम्पनीको ५० लाख ५ हजार ८१४ कित्ता शेयर किनबेच हुदाँ १ अर्ब ६४ करोड ३ लाख ५६ हजार ६०८ रुपैयाँको कारोबार भएको थियो ।
बिहिबार १२ उपसूचक राताम्य भएका छन् । आज बैंकिङ समूहको ०.४ प्रतिशत, होटल तथा पर्यटन समूहको १.४४ प्रतिशत, विकास बैंक समूहको २.०२ प्रतिशत, हाइड्रोपावर समूहको १.६५ प्रतिशत, फाइनान्स समूहको २.३ प्रतिशत, निर्जीवन बीमा समूहको ०.७९ प्रतिशत, म्यानुफ्याक्ट्ररिङ एण्ड प्रोसेसिङ समूहको ०.८४ प्रतिशत, अन्य समूहको १.५७ प्रतिशत, माइक्रोफाइनान्स समूहको ०.७४ प्रतिशत, जीवन बीमा समूहको ०.२२ प्रतिशत, म्युचुअल फण्ड समूहको ०.४३ प्रतिशत र इन्भेष्टमेन्ट समूहको ०.७४ प्रतिशतले शेयर मूल्य घटेको छ भने ब्यापार समूहको ०.१२ प्रतिशतले बढेको छ ।