कुमारी बैंकका ग्राहकहरुलाई सुप्रिम डेन्टल क्यरमा आकर्षक छुट - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

कुमारी बैंकका ग्राहकहरुलाई सुप्रिम डेन्टल क्यरमा आकर्षक छुट



काठमाडौं । कुमारी बैंक लिमिटेड र काभ्रे, बनेपास्थित सुप्रिम डेन्टल केयरले छुट सम्बन्धी समझदारी गरेको छ । कुमारी बैंक ग्राहकहरुलाई सुप्रिम डेन्टल केयरबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट प्रदान गर्ने गरी सम्झौता भएको हो ।

यस सम्झौता अनुसार कुमारी बैंक लिमिटेडका ग्राहकहरुले सो डेन्टल केयरबाट सेवा लिए वापत कुनै पनि भुक्तानी कुमारी बैंकको डेबिट÷क्रेडिट कार्डबाट गर्दा सामान्य दन्त सेवामा १५ प्रतिशत, ओर्थोदोंतीक्समा १० प्रतिशत, पेदोदोंतिक्समा १५ प्रतिशत, प्रोसथोदोंतिक्समा १५ प्रतिशत, एण्डोदोंतिक्समा १५ प्रतिशत र डेन्टल इम्प्लान्ट्समा १० प्रतिशत छुट प्राप्त गर्न सकिनेछ । यस सुविधाबाट स्थानीयका सेवाग्राहीहरुले गुणस्तरिय सेवा प्राप्त गर्नुका साथै अधिकतम लाभ समेत प्राप्त गर्न सकिने बैंकले विश्वास लिएको छ ।

कुमारी बैंकले आफ्ना देशव्यापी १९७ शाखा सञ्जाल, १८६ एटिएम, ४२ शाखारहित बैंकिङ्ग ईकाई तथा १६ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आएकोे र आगामी दिनहरुमा अझ सुरक्षित, सरल, सुलभ तथा उत्कृष्ट सेवा प्रदान गर्न डिजिटल पूर्वाधार प्रविधि र क्षमतालाई सुदृढ पार्दै लगिने प्रतिबद्धता जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्