नेप्सेमा एक कम्पनीको १ करोड ७९ हजार कित्ता बोनससहित ४ कम्पनीको हकप्रद शेयर र आईपीओ सूचीकृत « Arthapath.com
२६ जेष्ठ २०८२, सोमबार

नेप्सेमा एक कम्पनीको १ करोड ७९ हजार कित्ता बोनससहित ४ कम्पनीको हकप्रद शेयर र आईपीओ सूचीकृत



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा गत साता विभिन्न ४ कम्पनीको शेयर सूचीकृत भएको छ । गत जेष्ठ २३ गतेदेखि जेष्ठ २७ गतेसम्म विभिन्न ४ कम्पनीको शेयर नेप्सेमा सूचीकृत भएको हो । नेप्सेमा आइएमई जनरल इन्स्योरेन्स र शिखर इन्स्योरेन्सको हकप्रद शेयर, नेपाल लाइफ इन्स्योरेन्सको बोनस शेयर र सिवाईसी नेपाल लघुवित्तको आईपीओ नेप्सेमा सूचीकृत भएको हो ।

१. आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको ४० प्रतिशत हकप्रद शेयर बापतको ४६ लाख ३० हजार ३४४ कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो । इन्स्योरेन्स कम्पनीले फागुन २२ गतेदेखि चैत्र १३ गतेसम्म ४० प्रतिशत अर्थात ४६ करोड ३० लाख ३४ हजार ४ सय रुपैयाँ बराबरको ४६ लाख ३० हजार ३४४ कित्ता हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गरेको थियो ।

२. शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको ३० प्रतिशत हकप्रद शेयर बापतको ५२ लाख ७५ हजार ५७२ कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो ।

३. नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको १४ प्रतिशत बोनस शेयर बापतको १ करोड ७९ हजार ९५८.९३ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो । इन्स्योरेन्स कम्पनीले आर्थिक बर्ष २०७६–७७ को नाफाबाट चुक्ता पूँजीको १४ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.७३६८ प्रतिशत नगद गरी कूल १४.७३६८ प्रतिशत लाभांश वितरण गरेको थियो ।

४. त्यस्तै, गत साता नेप्सेमा सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ सूचीकृत भएको हो ।

लघुवित्तको १०० रुपैयाँ अंकित दरको १२ लाख १६ हजार ४१८ कित्ता शेयर सूचीकृत भएको हो । लघुवित्तले सर्वसाधारणलाई बिक्री गरेको ३२.५० प्रतिशत अर्थात् ३ लाख ९५ हजार ३३६ कित्ता र लघुवित्तका संस्थापक शेयरधनीहरुको लगानी रहेको ८ लाख २१ हजार ८२ कित्ता गरी कूल १२ लाख १६ हजार ४१८ कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो ।

नेप्सेले लघुवित्तको शेयर कारोबारका लागि ‘सिवाइसिएल’ सिम्बोल प्रदान गरेको छ । नेप्सेले लघुवित्तलाई पहिलो कारोबारको लागि ओपनिङ रेञ्ज ३४४ रुपैयाँ ३६ पैसादेखि १०३३ रुपैयाँ ८ पैसासम्म प्रदान गरेको छ । लघुवित्तको शेयर कारोबार आज सोमबारदेखि हुँदैछ ।


प्रतिक्रिया दिनुहोस्