सामाजिक सञ्जालमा नबिल बैंकको नामबाट ठगी धन्दा, सचेत रहन बैंकको आग्रह - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

सामाजिक सञ्जालमा नबिल बैंकको नामबाट ठगी धन्दा, सचेत रहन बैंकको आग्रह



काठमाडौं । पछिल्लो सामाजिक सञ्जालहरुमा नक्कली एकाउण्ट खोली ठगी धन्दा मौलाएपछि नबिल बैंक लिमिटेडले सचेत रहन आग्रह गरेको छ । नबिल बैंकले एक सूचना प्रकाशन गर्दै बैंकको नक्कली एकाउण्ट खोली ठगी भईरहेको भन्दै सचेत रहन आग्रह गरेको हो ।

नबिल बैंकको नाममा नक्कली एकाउन्ट बनाएर भ्रामक सूचना सम्प्रेषण भएको भन्दै सूचनामार्फत आम ग्राहक र जनसमुदायलाई सचेत गराएको हो । फेक अकाउन्टबाट नगद उपहार परेको जस्ता भ्रामक सूचना प्रवाह भएको पाइएको भन्दै बैंकले भ्रममा नपर्न आग्रह गरेको हो ।

‘नबिल बैंकको नामबाट फके एकाउण्ट नबिल बैंक बनाई ग्राहकबर्ग एवम् जनसमुदायहरुलाई नगद उपहार परेको जस्ता भ्रामक सूचना प्रवाह भइरहेको हुँदा नबिल बैंकको एकमात्रै आधिकारिक भेरिफाइड ब्ल्यू टिक नबिल बैंक भएको फेसबुक पेज बाट पोष्ट गरिएका सूचना, जानकारीहरुलाई मात्रै आधिकारिक मान्न सम्पूर्ण ग्राहकबर्ग एवम् जनसमुदायहरुलाई आग्रह छ’ सूचनामा भनिएको छ ।


प्रतिक्रिया दिनुहोस्