नेप्सेमा एक कम्पनीको २१.४८७६ प्रतिशत बोनस शेयर सूचीकृत « Arthapath.com
३० जेष्ठ २०७९, सोमबार

नेप्सेमा एक कम्पनीको २१.४८७६ प्रतिशत बोनस शेयर सूचीकृत



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । सोमबार नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडको २१.४८७६ प्रतिशत बोनस शेयर बराबरको १० लाख ६१ हजार २२४.२६ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।

लघुवित्तले गत आर्थिक बर्ष २०७७–७८ को नाफाबाट शेयरधनीहरुलाई चुक्ता पूँजीको २१.४८७६ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ १.१३०९ प्रतिशत नगद गरी कूल २२.६१८५ प्रतिशत लाभांश वितरण गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्