सोमबार सानिमा बैंकसहित यी कम्पनीको भयो सर्वाधिक कारोबार

काठमाडौं । साताको पहिलो कारोबारको शेयर बजारमा पहिरो गएको छ । बजेट यता एक दिन मात्र उच्च अकंले बढेको शेयर बजार अरु दिन भने राताम्य भएको हो ।
सोमबार नेप्से परिसूचक १५.८२ अकंले घटेर २०३२ .३४ बिन्दुमा आएर बन्द भएको छ । शुक्रबार भने नेप्से परिसूचक १४.६४ अकंले घटेर २०४८ बिन्दुमा बन्द भएको थियो ।
आज पूँजीबजारमा नेप्सेमा सूचीकृत २३० कम्पनीको २९ लाख २० हजार ७०५ कित्ता शेयर किनबेच हुदाँ ९९ करोड ८६ लाख ७४ हजार २६२ रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबारको दिन भने पूँजी बजारमा नेप्सेमा सूचीकृत २२९ कम्पनीको ३० लाख ४५ हजार ८३८ कित्ता शेयर किनबेच हुदाँ ८९ करोड ४१ लाख २४ हजार ११४ रुर्पैयाँ कारोकार भएको थियो ।
नेप्से घटेर कारोबार करिब १ अर्बमा सिमित हुदाँ आज सानिमा बैंकको शेयर सर्वाधिक खरिद बिक्री भएको छ । कम्पनीको आज ९ करोड १ लाख ६१ हजार रुपैयाँको कारोबार भएको हो ।
त्यस्तै, उपकार लघुवित्तको ५ करोड ६३ लाख ६४ हजार रुपैयाँ, सिभिल बैंकको ५ करोड ३७ लाख रुपैयाँ, बैंक अफ काठमाडौंको ४ करोड ६९ लाख १४ हजार रुपैयाँ र सेन्चुरी कर्मसियल बैंकको २ करोड ८३ लाख ९६ हजार रुपैयाँको कारोबार भएको हो ।
