राष्ट्रिय वाणिज्य बैंकको नयाँ ब्याजदर सार्वजनिक, कति दिन्छ ?
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले विभिन्न खातामा असार १ गतेदेखि लागु हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको हो ।
बैंकको नयाँ ब्याजदर अनुसार विभिन्न बचत खातामा न्यूनतम ६.०३ प्रतिशतदेखि अधिकतम ७.०५ प्रतिशतसम्म ब्याज प्रदान गर्ने छ । त्यस्तै, बैंकको मुद्दति निक्षेप खातामा ११.०३ प्रतिशतसम्म ब्याज दिने भएको छ । रेमिटान्स मुद्धती निक्षेपमा भने बैंकले १२.०३ प्रतिशतसम्म ब्याज दिनेछ ।




















