प्रतिकित्ता १४२ रुपैयाँमा एनसीसी बैंकको शेयर बिक्रिमा, कसले आवेदन दिन पाउँछन् ? - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

प्रतिकित्ता १४२ रुपैयाँमा एनसीसी बैंकको शेयर बिक्रिमा, कसले आवेदन दिन पाउँछन् ?



काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक लिमिटेडले संस्थापक शेयर बिक्री गर्ने भएको छ । बैंकले विभिन्न संस्थापक शेयरधनीहरुको नाममा रहेको २६ लाख ३४ हजार १३६ कित्ता सेयर बिक्री गर्ने भएको हो ।

बैंकले विद्यमान संस्थापक शेयरधनीहरुलाई ३५ दिनभित्र उक्त शेयर खरीद गर्न आह्वान गरेकोमा संस्थापकहरुबाट कुनै पनि निवेदन प्राप्त नभएकाले अन्य इच्छुक व्यक्ति वा संस्थालाई उक्त शेयर बिक्री गर्न लागेको हो । बैंकको शेयरको मूल्य प्रतिकित्ता न्यूनतम मूल्य १४२ रुपैयाँ तोकिएको छ ।

बैंकको उक्त शेयर खरिद गर्न इच्छुक व्यक्ति वा संस्थाले सूचना प्रकाशन भएको मितिले १५ दिनभित्र आवश्यक कागजपत्र संकलन गरेर के कति कित्ता शेयर खरिद गरी लिने हो सोको व्यहोरा खुलाई बैंकको केन्द्रीय कार्यालयमा आइपुग्ने गरी निवेदन दिन सक्नेछन् ।


प्रतिक्रिया दिनुहोस्