शेयर बजारमा निरन्तर पहिरो, सबै उपसूचक राताम्य हुदाँ कारोबार साढे १ अर्ब
काठमाडौं । २०७९ असार महिनाको पहिलो दिन शेयर बजारमा पहिरो गएको छ । शेयर बजार निरन्तर ओरालो लागि रहदाँ कारोबार समेत खुम्चि रहेको छ । शेयर बजारमा कुनै समय ३२०० बिन्दुमा पुग्ने नेप्से आजभोलि २००० भन्दा तल र्झन थालेको छ ।
अर्थमन्त्रालयले पूँजी बजारमा देखिएका समस्या समाधानका लागि समिति गठन गरेको भएपनि शेयर बजारमा अझै सुधार आउन सकेको छैन । आज नेपाली काग्रेसका महामन्त्री गगन थापाले समेत संसदमा पूँजी बजार सुधारका लागि सरकारले काम गर्नु पर्ने बताएका थिए ।
अर्थमन्त्री जनार्दन शर्मालाई प्रधानमन्त्री शेर बहादुर देउवा लगायत जनस्थर बाट समेत राजिनामा माग गरी रहेको बेला अर्थमन्त्री परिवर्तनको डरले समेत शेयर बजार ओरालो लागेको आंकलन गरीएको छ ।
बुधबार नेप्से परिसूचक २९.८९ अकंले घटेर १९६६.३७ बिन्दुमा बन्द भएको छ । मंगलबार नेप्से परिसूचक ३६.०७ अकंले घटेर १९९६.२६ बिन्दुमा बन्द भएको थियो ।
आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २२९ कम्पनीको ४१ लाख ८२ हजार ३६९ कित्ता शेयर किनबेच हुदाँ १ अर्ब ४९ करोड १७ लाख ५८ हजार ८१७ रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबारको दिन भने पूँजी बजारमा नेप्सेमा सूचीकृत २३२ कम्पनीको ४१ लाख ४७ हजार २५५ कित्ता शेयर किनबेच हुदाँ १ अर्ब १८ करोड ५५ लाख ४६ हजार १७९ रुपैयाँको कारोबार भएको थियो ।
बुधबार सबै उपसूचक राताम्य भएका छन् । आज बैंकिङ समूहको १.२७ प्रतिशत, ब्यापार समूहको २.५ प्रतिशत, होटल तथा पर्यटन समूहको ०.५४ प्रतिशत, विकास बैंक समूहको १.५६ प्रतिशत, हाइड्रोपावर समूहको २.३२ प्रतिशत, फाइनान्स समूहको २.०२ प्रतिशत, निर्जीवन बीमा समूहको १.६४ प्रतिशत, म्यानुफ्याक्ट्ररिङ एण्ड प्रोसेसिङ समूहको १.६२ प्रतिशत, अन्य समूहको ०.०३ प्रतिशत, माइक्रोफाइनान्स समूहको १.५७ प्रतिशत, जीवन बीमा समूहको २.०१ प्रतिशत, म्युचुअल फण्ड समूहको ०.८६ प्रतिशत र इन्भेष्टमेन्ट समूहको २.४२ प्रतिशतले शेयर मूल्य घटेको हो ।
















