एनटिसी सहित यी कम्पनीको भयो सर्वाधिक कारोबार

काठमाडौं । असार महिनाको दोस्रो दिन शेयर बजारमा सुधार देखिएको छ । साताको पाँचौ दिन नेप्से १२.५७ अकंले बढेर १९७८.९४ बिन्दुमा बन्द भएको छ । बुधबार नेप्से परिसूचक २९.८९ अकंले घटेर १९६६.३७ बिन्दुमा बन्द भएको थियो ।
आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २२१ कम्पनीको ३५ लाख ९४ हजार ५९४ कित्ता शेयर किनबेच हुदाँ १ अर्ब १८ करोड ७१ लाख ४५ हजार ५१८ रुपैयाँको कारोबार भएको हो । अघिल्लो कारोबारको दिन भन पूँजी बजारमा नेप्सेमा सूचीकृत २२९ कम्पनीको ४१ लाख ८२ हजार ३६९ कित्ता शेयर किनबेच हुदाँ १ अर्ब ४९ करोड १७ लाख ५८ हजार ८१७ रुपैयाँको कारोबार भएको छ ।
नेप्सेमा सुधार आए पनि कारोबार भने आसै सुधार आउन सकेको छैन । कारोबार १ अर्ब १८ करोड रुपैयाँमा सिमित हुदाँ नेपाल दुरसञ्चार कम्पनीको शेयर सर्वाधिक कारोबार भएको छ । कम्पनीको १३ करोड ८८ लाख ९७ हजार रुपैयाँको कारोबार भएको छ ।
त्यस्तै, एनसीसी बैंकको १० करोड ३५ लाख ४ हजार रुपैयाँ, सिभिल बैंकको ४ करोड ७१ लाख १९ हजार रुपैयाँ, एनआईसी एशिया बैंकको ३ करोड ५७ लाख २३ हजार रुपैयाँ र नबिल बैैंकको २ करोड ५० लाख ४६ हजार रुपैयाँको कारोबार भएको हो ।
