तीन कम्पनीको शेयरमा सर्किट, यी लगानीकर्ताले आज सर्वाधिक कमाए-गुमाए « Arthapath.com
२६ जेष्ठ २०८२, सोमबार

तीन कम्पनीको शेयरमा सर्किट, यी लगानीकर्ताले आज सर्वाधिक कमाए-गुमाए



काठमाडौं । बिहिबार नेप्सेमा सुधार आएको छ । साताको पाँचौ दिन नेप्से १२.५७ अकंले बढेर १९७८.९४ बिन्दुमा बन्द भएको हो ।

आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २२१ कम्पनीको ३५ लाख ९४ हजार ५९४ कित्ता शेयर किनबेच भएको छ । नेप्सेमा सुधार आएको भए पनि कारोबार भने १ अर्ब १८ करोड ७१ लाख ४५ हजार ५१८ रुपैयाँमा सिमित भएको हो ।

बिहिबार नेप्सेमा सुधार आएसँगै तीन कम्पनीको शेयरमा सर्किट लागेको छ । आज आँधिखोला लघुवित्त, रिभर फल्स पावर र सामुदायिक लघुवित्तको शेयरमा सर्किट लागेको हो । साथै, कालिका लघुवित्तको ७.६९ प्रतिशत र एनसीसी बैंकको ६.६५ प्रतिशतले शेयर बढेको हो ।

त्यस्तै, आज सर्वाधिक गुमाउने कम्पनीमा लुम्बिनी जनरल इन्स्योरेन्स रहेको छ । कम्पनीको आज ३.८० प्रतिशतले शेयर घटेको हो । साथै, राष्ट्र उत्थान लघुवित्तको ३.४१ प्रतिशत, माउन्टेन इर्नर्जी नेपालको २.७२ प्रतिशत, कुमारी इक्वाटी फण्डको २.१९ प्तिशत र हिमालयन पावर पाट्नरको २.०६ प्रतिशतले शेयर घटेको हो ।


प्रतिक्रिया दिनुहोस्