शुक्रबार यी कम्पनीको भयो सर्वाधिक कारोबार « Arthapath.com
२६ जेष्ठ २०८२, सोमबार

शुक्रबार यी कम्पनीको भयो सर्वाधिक कारोबार



काठमाडौं । साताको अन्तिम कारोबारको दिन नेप्से सामान्य अंकले घटेको छ । नेपाल सरकारले शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने निर्णय खारेज गरेसँगै नेप्से आइतबार देखि शुक्रबार शेयर बजार खुल्ला राख्ने निर्णय गरेको थियो ।

नेप्सेले शुक्रबार शेयर बजार खुलाएर आइतबार बन्द गर्ने निर्णय गरेकोमासरकारले आइतबारको बिदा खारेज गरेसँगै नेप्सेले आइतबार देखि शुक्रबारसम्म शेयर बजार खुल्ला राख्ने निर्णय गरेको हो तर शुक्रबार भने दुई घण्टा बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म मात्र शेयर बजार खुला गर्ने भएको हो ।

नेप्से आज ७.५७ अकंले घटेर १९७१.३६ बिन्दुमा बन्द भएको छ । शुक्रबार पूँजी बजारमा नेप्सेमा सूचीकृत २२० कम्पनीको २३ लाख ५५ हजार १ कित्ता शेयर किनबेच हुदाँ ७३ करोड ६३ लाख १२ हजार १५७ रुपैयाँको कारोबार भएको हो ।

आज नेप्से छिनो अकंले घटेर कारोबार ७३ करोड हुदाँ एनटिसीको शेयर सर्वाधिक खरिद बिक्री भएको छ । कम्पनीको आज १० करोड १४ लाख ७० हजार रुपैयाँको कारोबार भएको हो ।

त्यस्तै, सेञ्चुरी कर्मसियल बैंकको ६ करोड ४७ लाख ९४ हजार रुपैयाँ, एनसीसी बैंकको ४ करोड ९ लाख २३ हजार रुपैयाँ, कुमारी बैंकको २ करोड ८६ लाख २९ हजार रुपैयाँ र लक्ष्मी बैंकको २ करोड २६ लाख ३७ हजार रुपैयाँको शेयर कारोबार भएको हो ।


प्रतिक्रिया दिनुहोस्