सनराइज बैंकका ग्राहकहरुले अब आफ्नै फोटो आफ्नै कार्डमा राख्न सकिने सुविधाको शुरुवात - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

सनराइज बैंकका ग्राहकहरुले अब आफ्नै फोटो आफ्नै कार्डमा राख्न सकिने सुविधाको शुरुवात



काठमाडौं । सनराइज बैंकले नविनतम् बैंकिङ्ग सुविधा भित्राउने क्रममा अनुकूलित फोटो कार्डको सुरुवात गरेको छ । बैंकले नेपालका बहुप्रतिष्ठित व्यक्तित्व, २०१० का सिएनएन हिरोज अवार्ड तथा २०१७ को पद्म पुरस्कार प्राप्त समाजसेवी अनुराधा कोइरालालाई पहिलो अनुकूलित कार्ड हस्तान्तरण गरी उक्त कार्डको शुभारम्भ गरेको हो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले माइती नेपालको कार्यालयमा आयोजना भएको उक्त कार्यक्रममा अनुकूलित फोटो सहितको कार्ड कोइरालालाई हस्तान्तरण गरेको हो । आफ्नो वा आफूले रोजेको व्यक्तिको फोटो, आफ्नो रमाइला पलहरुको फोटो, आफ्ना परिवार तथा महत्वपूर्ण क्षणका सम्झनाहरु तथा आफ्ना सिर्जनाहरुलाई डेबिट कार्डमा राख्न सकिने उक्त प्रबिधिमा कार्डको अग्र भागमा फोटो प्रिन्ट गर्न सकिने छ ।

यो सुविधा लिन https://icard.sunrisebank.com.np मा गई सजिलै आफ्नोे फोटो कार्डमा राखी Request submit गर्न सकिने छ ।


प्रतिक्रिया दिनुहोस्