सार्वजनिक बिदाको दिन समेत कुमारी बैंकका सम्पूर्ण शाखा खुला
काठमाडौं । असार २६ गते आइतबार बकल ईदको अवसरमा सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेपनि कुमारी बैंकले आफ्ना शाखा खुला राख्ने भएको छ ।
बैंकले आफ्ना ग्राहकहरुको आवश्यकतालाई मध्यनजर गर्दै सम्पूर्ण शाखाहरुबाट बैंकिङ सेवा सुविधा प्रदान गर्ने भएको छ । देशभरका शाखा आज १० बजेदेखि २ बजेसम्म खुला रहेने बैंकले जनाएको छ ।












