प्रतिकित्ता १४३ रुपैयाँमा सिटिजन्स बैंकको शेयर बिक्रीमा - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

प्रतिकित्ता १४३ रुपैयाँमा सिटिजन्स बैंकको शेयर बिक्रीमा



काठमाडौं । सिटिजन्स बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूह तर्फको २६ हजार २४३ कित्ता शेयर बिक्री गर्ने लागेको हो ।

उक्त शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १४३ रुपैयाँ तोकिएको हुदाँ आवेदन दिदा सो वा सो भन्दा बढी मूल्य अकिंत गरि आवेदन दिन सकिनेछ ।

बैंकका संस्थापक शेयरधनी यम बहादुर खत्रीले आफ्नो नामका रहेको उक्त शेयर बिक्रीका लागि आवेदन दिए बमोजिम संचालक समितिले बिक्री प्रक्रिया अगाडि बढाएको हो । उक्त शेयर खरिद गर्ने चाहने इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र बैंकको प्रधान कार्यालय नारायणहिटी काठमाडौंमा आवेदन दिन सकिनेछ ।

साथै, तोकिएको अवधि भित्र विद्यमान संस्थापक शेयरधनीहरुबाट शेयर खरिदका लागि कुनै पनि आवेदन नपरेको खण्डमा उक्त शेयर अन्य ब्यक्ति तथा संघ संस्थालाई बिक्री प्रक्रिया अगाडि बढाउने बैंकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्