सनराइज बैंकद्वारा अटिजम सम्बन्धि संस्थालाई सोढे १ लाख रुपैयाँ सहयोग
काठमाडौं । संस्थागत सामाजिक उत्तरदायित्वमा सक्रिय रुपमा अघि बढिरहेको सनराइज बैंकले देशव्यापी रुपमा एक पछि अर्को कार्यक्रम गर्दै गइरहेको छ । यसै क्रममा बैंकले जडिबुटी नरेफाटमा अवस्थित अटिजम भएका बालबालिकाको लागि संचालित गैर नाफा मूलक संस्था “ विशेष स्कुल तथा पुनस्थापना केन्द्र’’ लाई सहयोग गरेको हो ।
असार ३० गते आयोजित एक कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत आरती राज्यलक्ष्मी राणाले संस्थाका अध्यक्ष सबिता उप्रेतिलाई .एक लाख पचास हजारको चेक हस्तान्तरण गरेको हो । बैंकले उक्त रकम संस्थाको नयाँ भवन निर्माणको लागि प्रदान गरेको हो ।
नेपाल लगायत विश्वव्यापी रुपमा अटिजम बढ्दै गइरहेको हालको परिप्रेक्षमा करिब १०० मा १ को अनुपातमा अटिजम रहको अनुमान छ । उक्त कार्यक्रमा अटिजम कुनै रोग नभइ अवस्था भएको र यस अवस्थालाई व्यक्ति र समाजले बुझेर अगाडी बढ्न जरुरी रहेको विषयमा समेत चर्चा भएको थियो । पछिल्लो समय संस्थागत सामाजिक उत्तरदायित्वलाई प्राथमिकता दिदैं सन्राइज बंैकले देशव्यापी रुपमा शिक्षा, स्वास्थ्य, बैंकिङ्ग साक्षयरता, वातावरण संरक्षण लगायतका विषयमा चरणबद्ध रुपमा कार्यक्रमहरु गर्दैे आइरहेको छ ।













