प्रतिकित्ता १४९ रुपैयाँमा सिटिजन्स बैंकको शेयर बिक्रीमा - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

प्रतिकित्ता १४९ रुपैयाँमा सिटिजन्स बैंकको शेयर बिक्रीमा



काठमाडौं । सिटिजन्स बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक शेयर समूहको ८०० कित्ता शेयर बिक्री गर्ने लागेको हो ।

उक्त शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १४९ रुपैयाँ तोकिएको हुदाँ आवेदन दिदा सो वा सो भन्दा बढी मूल्य अकिंत गरी आवेदन पेश गर्ने सकिनेछ ।

बैंकका संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको शेयर बिक्रीका लागि आवेदन दिए बमोजिम संचालक समितिले बिक्री प्रक्रिया अगाडि बढाएको हो । उक्त शेयर खरिद गर्ने चाहने इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मिति(असार ३१ गते) ३५ दिन भित्र बैंकको केन्द्रिय कार्यालय नारायणहिटी पथ काठमाडौंमा निवेदन दिन सक्नेछन् ।

साथै, तोकिएको अवधि भित्र विद्यमान संस्थापक शेयरधनीहरुबाट शेयर खरिदका लागि कुनै पनि आवेदन नपरेको खण्डमा उक्त शेयर अन्य ब्यक्ति तथा संघ संस्थालाई बिक्री प्रक्रिया अगाडि बढाउने कम्पनीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्