नबिल इन्भेष्टमेण्ट बैंकले उद्यमी बन्न चाहाने लाई आफ्नो सेवा विस्तार गर्ने
काठमाडौं । नबिल इन्भेष्टमेण्ट बैंक लिमिटेडले उद्यमी बन्न चाहाने तथा आफ्नो उद्योगलाई अझ विस्तार गर्ने भएको छ । व्यावसायिक गतिविधि संचाल नगर्न चाहने व्यक्ति तथा संस्थाहरुको लागि संस्थागत परामर्श दाता सेवा (Corporate advisory Service) अन्तर्गत प्रत्येक नेपाली महिनाको अन्तिम शुक्रवारका दिनपिच–नीक (Pitch-Nic) सेवा संचालनमा ल्याएको हो । कम्पनील प्रत्येक उद्यमीहरु (Entrepreneurs) तथा उद्यमी बन्न चाहनेहरु बाट उनिहरुको सम्भव हुन सक्ने सम्मको उत्तम व्यावसायिक बिचारहरुलाई छानीे उक्त व्ययसायिक सोचलाई बास्तविकतामा बदल्न मद्दत गर्न लागेको हो ।
साथै कम्पनीले भविष्यमा संचालनमा ल्याउन लागेको बिशिष्ट कृत लगानी कोष अन्तर्गतको प्राइभेट इक्विटी Private Equity र भेन्चर क्यापिटल कोषहरु मार्फत पनि उत्तम व्यावसायिक उद्यमीहरुलाई आरम्भ गर्न सहज गरिदिने भएको छ । यो सेवा प्रायजसो सुरुवात र हुर्कने अवस्था मा रहेका कम्पनीहरूका सुरु गर्न लागेको हो ।
परामर्शदाताले लगानीकर्ता र व्यवसायलाई लगानीको दृष्टिकोणले जोड्ने कार्य गर्दछ । यो सेवा अन्तर्गत बैङ्क तथा वित्तिय संस्थाहरूमा व्यवसायिको निर्भरतालाई घटाइ लगानीका अन्य सिर्जनशील उपायहरू द्वारा पूजीँको उपलब्धता गराउने कम्पनीले जनाएको छ ।
त्यस्तै प्राय परिपक्व कम्पनीको विस्तार र विकासका लागि आवश्यक पर्ने प्राइभेट इक्विटी व्यक्तिगत लगानी को व्यवस्थापन गरी व्यवसायको व्यवसायिक यात्राको सहयात्री भएर संस्थागत परामर्श सेवा प्रदान गरिने छ भने यस अन्तर्गत व्यवसायको बिकास र विस्तारको लागि लगानी सहजकर्ता तथा लगानी व्यवस्थापकको रूपमाकार्य गरी व्यावसायीहरुको व्यावसाय संचालनको लागि सहजिकरण तथा गुणात्मक मुल्यसिर्जना गर्ने कार्य गरिने कम्पनीले जनाएको छ ।
यस प्रकारको सेवा प्राप्त गर्न चाहने उद्यमीहरु (Entrepreneurs) ले यस कम्पनीको फोन नम्बर ४४११६०४, ४४११७३३ (एक्टेन्सननम्बर १५६, १६२) मा सम्पर्क गर्नुहुन https://bit.ly/3PCvc5V क्लिक गरी आवश्यकविबरण भर्नुहुन अनुरोध गरिन्छ ।



















