विन्ध्यबासिनी हाइड्रोपावरको आइपीओ नेप्सेमा सूचिकृत,ओपनिङ रेञ्च कति ? « Arthapath.com
२१ जेष्ठ २०८३, बिहिबार

विन्ध्यबासिनी हाइड्रोपावरको आइपीओ नेप्सेमा सूचिकृत,ओपनिङ रेञ्च कति ?



काठमाडौं । विन्ध्यबासिनी हाइड्रोपावर डभेलपमेण्न्ट कम्पनीको आइपीओ नेप्सेमा सुचिकृत भएको छ । कम्पनीको १ करोड कित्ता साधारण शेयर सूचिकृत भएको हो । अब कम्पनीको शेयर बिहीवारदेखि दोस्रो बजारमा कारोबार सुरु हुनेछ । कम्पनीको स्टक सिम्बोल बिएचडिसी (BHDC) रहेको छ ।

नेप्सेले पहिलो कारोबारको लागि १११ रुपैयाँ ३४ पैसादेखि ३३४ रुपैयाँ ०२ पैसासम्मको मूल्य रेञ्ज तोकेको छ । पहिलो कारोबारको लागि नेप्सेले कम्पनीको नेटवर्थको ३ गुणासम्म मूल्य रेञ्ज तोक्ने गर्दछ ।

कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दका लागि निष्काशन गरेको १० लाख कित्ता, सर्वसाधारणको लागि निष्काशन गरेको १५ लाख कित्ता र कम्पनीका संस्थापकहरुले लगानी गरेको ७५ लाख गरेर कुल १ करोड कित्ता साधारण शेयर सूचिकृत गराएको हो ।


प्रतिक्रिया दिनुहोस्