लक्ष्मी बैङ्कका सीईओमा शाहको कार्यकाल ४ वर्ष थपियो - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

लक्ष्मी बैङ्कका सीईओमा शाहको कार्यकाल ४ वर्ष थपियो



काठमाडौं । लक्ष्मी बैङ्कको सीईओमा अजय विक्रम शाहको कार्यकाल थप भएको छ । २०७५ कात्तिक १५ गतेदेखि सीईओ रहेका शाहको ४ वर्षे कार्यकाल सकिनु अघिनै थप भएको हो । 

साउन ११ गते बसेको सञ्चालक समितिको २५९औँ बैठकले सीईओ शाहको कार्यकाल थप गर्ने निर्णय गरेको हो । उनको कार्यकाल थप ४ वर्षका लागि तय गरेको हो । 

स्टाडर्ड चाटर्ड बैङ्कमा लामो समय बिताएका शाहको नेतृत्वले लक्ष्मी बैङ्कले प्रगति गरेको छ । बैङ्क सञ्चालक समितिले शाहलाई निरन्तरता दिने निर्णय गरेको हो । 


प्रतिक्रिया दिनुहोस्