यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए

काठमाडौं । साताको पाँचौ कारोबारको दिन शेयर बजारमा सुधार आएको आएको छ । बिहीबार शेयर बजारमा १५.४४ अंकले बढेको छ । बुधबार २३.८३ अंकले बढेर २१११.९९ बन्द भएको थियो । आज १५.४४ अंकले बढ्दा २१२७.४२ मा बन्द भएको छ । २२१ कम्पनीको १ करोड १९ लाख ५५ हजार ७६ कित्ता शेयर किनबेच हुदाँ ४ अर्ब ९७ करोड ६४ लाख ३३ हजार १ सय ५ रुपैंयाको कारोबार भएको छ ।
त्यस्तै राधि बिद्युत कम्पनीले ३.९१ प्रतिशत, बलेफी हाईहोपावरले ३.८५ प्रतिशत, ग्रीन भेञ्चर लि ३.८४प्रतिशत , लक्ष्मी उन्नती कोषले ३.५३ प्रतिशतको शेयर घटेको छ ।
