प्रि ओपन सेसनमा नेप्से २ अंकले बढ्यो
काठमाडौं । साताको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब २ अंक बढेको छ ।
अघिल्लो कारोबार दिन अर्थात गत शुक्रबार १३.०५ अंक बढेर २१४०.५२ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा १.७८ अंक बढेर २१४२.३१ विन्दुमा पुगेको छ ।
आइतबार प्रि ओपन सेसनमा ५ स्टकको १२ लाख १९ हजार ७१४ रुपैयाँ ५० पैसा बराबरको ४ हजार १९५ कित्ता शेयर खरिद बिक्री भएको छ । सोमध्ये ३ स्टकको मूल्य बढेको छ भने २ स्टकको मूल्य घटेको छ ।



















