नबिल बैंकको ४ करोड ३३ लाख कित्ता शेयर नेप्सेमा सूचीकृत
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा नबिल बैंक लिमिटेडको शेयर सूचीकृत भएको छ ।
कम्पनीले नेपाल बङ्गलादेश बैंकलाई प्राप्ती पछि थप हुन आएको ४ करोड ३३ लाख ६७ हजार २१९ कित्ता साधारण शेयर सूचीकृत भएको हो । अव नेपाल बङ्गलादेश बैंकका शेयरधनीको हितग्राही खातामा नबिल बैंकको नामबाट शेयर देखिनेछ । यो शेयर लगानीकर्ताले बुधवार देखि कारोबारमा आउनेछ ।
नबिल बैंकले नेपाल बङ्गलादेश बैंकलाई १ः०.४३ अनुपातमा प्राप्ती गरेको हो ।














