१७ श्रावण २०८३, आइतबार

हिमालय एअरलाइन्स्ले महामारी अवधिमा निभाइएका सामाजिक उत्तरदायित्व प्रतिवेदन सार्वजनिक



काठमाडौं । हिमालय एअरलाइन्स्, सुरक्षित र दिगो हवाई यातायात उद्योगको भविष्यको वृद्धिलाई टेवा पु¥याउने कार्यमा मद्दत गर्न सम्बन्धित सबै सरोकारवालाहरूसँग निकटतम घनिष्ठताका साथकामगर्न सधैं उत्सुक छ ।स्थापनाको प्रारम्भिक वर्षदेखि नै हिमालय एअरलाइन्स् सक्रिय रूपमा आफ्नो सामाजिक उत्तरदायित्वका विविध कार्यहरूमा संलग्न रहेको छ ।

सन् २०२०–२०२१ अवधिभर गरिएका विभिन्न संस्थागत सामाजिक उत्तर दायित्व पहलहरूको रूपरेखा प्रस्तुतगर्दै, एअरलाइन्स्ले यही श्रावण १८ गते काठमाडा स्थितहोटल ¥याडिसनमा आयोजित पत्रकार सम्मेलनमा महामारीका वर्षहरूमा आपूmले निभाएका संस्थागत सामाजिक उत्तर दायित्वहरूका प्रतिवेदनजारी गरेको छ ।

विगतका केही वर्षहरूमा, हिमालयले बिस्तारै समाजको उन्नतितर्फ आफ्नो समग्र दृष्टिकोण विकास गरेको छ । आफ्नामुख्य संस्थागत सामाजिक उत्तरदायित्वका उद्देश्यहरूमा आर्थिक समृद्धि, वातावरणीय दिगोपना र सामाजिक उत्तरदायित्वसँग मिल्दाजुल्दा धेरै तवरबाट राष्ट्रलाई टेवा पु¥याउने खालका कार्यहरू पनि जारी राखेको छ । हिमालयले प्रकाशित गरेको यो पहिलो प्रतिवेदन हो,जसले हिमालय एअरलाइन्स्को दृष्टिकोण र योगदानहरूको प्रगतिको समग्र विवरण दिन्छ ।
हिमालयएअरलायन्स्की ब्राण्ड विभागीय प्रमुख श्रीमती उज्ज्वलादली र एअरलाइन्स्का मैन्टीनेन्स एण्ड इन्जिनेरिङ्ग विभागीय प्रमुखश्री राजेश प्रसाद श्रेष्ठले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्चार जगतको वृहत् भेलामा कम्पनीको उक्त प्रतिवेदन सार्वजनिक गरेका थिए । पत्रकार सम्मेलनमा हिमालय एअरलाइन्स्को सामाजिक उत्तरदायित्व संलग्नतालाई उजागर गर्ने एउटा संक्षिप्त भिडियो पनि प्रसारण गरिएको थियो ।

प्रतिवेदन विमोचनमा एअरलायन्स्की ब्राण्ड विभागीय प्रमुख श्रीमती उज्ज्वला दलीले भनिन्, कोरोना संक्रमणको महामारीले विश्वभरका मानिसको जनजीवन प्रभावित त पा¥यो नै, व्यापार तथा अर्थतन्त्रलाई समेत उथलपुथल गरेकोले विगतदुई वर्ष अत्यन्तै चुनौतीपूर्ण रहेका थिए । यी चुनौतिपूर्ण घडीमा सबै सीमा र सिमानालाई पार गर्दै हिमालयले आफ्नो व्यवसायिक मर्यादालाई पालनागर्दै समाज र राष्ट्रको उन्नतिको लागि आफ्नो प्रतिबद्धतालाई पनि कायमै राख्न सफल रह्यो । यस सन्दर्भमा सम्भव भएसम्म महत्वपूर्ण योगदान दिन सफलपनि भएको छ । समग्र वृद्धि र सामाजिक कल्याण हाम्रा व्यवसायका दुई प्रमुख पक्षहरू हुन्, जसमा हामी निरन्तर रुपमा हाम्रो व्यवसायको विकास–उन्मुख भविष्यको मार्ग सुरक्षितगर्न प्रतिबद्ध छौं ।” श्री श्रेष्ठले भने ।

सन् २०२० मा देखा परेको कोभिड–१९ को प्रकोपसँगै, संस्थागत सामाजिक उत्तरदायित्वको भूमिका पहिलेको भन्दा अझ बढी महत्वपूर्ण भएको स्वीकार गर्दै हिमालयले अग्रगामी रुपमा नेपाल सरकारको कोभिड–१९ कोषमा रू. १० लाख, कोभिड–१९ अत्यावश्यक स्वास्थ्य सामग्रीका लागि कार्गो उडान सञ्चालन, विभिन्न देशबाट अलपत्र परेका यात्रुलाई फिर्ता ल्याउने कार्य, विभिन्न अस्पतालहरूलाई स्वास्थ्य सामग्री उपलब्ध गराउने लगायतका कार्यमा कम्पनीका संस्थागत सामाजिक उत्तरदायित्वका गतिविधिहरू सन् २०२१ माथप केन्द्रित भए । त्यस्ता सत्कर्मतर्फ हिमालय एअरलाइन्स् अझ वृहत रुपमा अगाडि बढ्यो । नेपाल सरकारसँग सहकार्य गर्दै दृढताका साथ र संकटको घडीमा भेरोसेल भ्याक्सिनको २,००,००० डोज ल्याउन रू. २ करोड २५ लाख बराबरको ४ वटा निःशुल्क कार्गो उडानहरू सञ्चालन पनि हिमालयले ग¥यो ।
यस एअरलाइन्स्ले विगत पाँच वर्षदेखि आफ्ना संस्थागत सामाजिक उत्तरदायित्व ब्यानर अन्तर्गत एक गैर–सरकारी संस्था“प्रयास नेपाल”लाई पनि साथदिंदै आएको छ र बाल–बालिकाहरूको सपना साकार पार्न आफ्नो (Step Towards Education)“शिक्षा तर्फका पाइलाहरू”कार्यक्रम अन्तर्गत विपन्नबाल–बालिकाकालागिवार्षिक रूपमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको छ ।

संस्थागत सामाजिक उत्तरदायित्व प्रतिवेदनले हिमालय एअरलाइन्स्को कार्यसम्पादन र कम्पनीको सामाजिक उत्तरदायित्वलाई उजागर गर्दै यसका पाँच प्रमुख क्षेत्रहरूको सन्दर्भमा एक वृहत् दृष्टिकोण समेत प्रदान गर्दछ । तीहुनःआर्थिक समृद्धि, वातावरणीय दिगोपन, सामाजिक उत्तरदायित्व, सञ्चालनका पक्षहरू र गुणस्तर व्यवस्थापन प्रणालीमा योगदान, आदि ।

हिमालय एअरलाइन्स्को बारेमा
नेपाली नागरिकहरुसँग अन्य राष्ट्रहरुका नागरिकहरुको सम्पर्क प्रवर्द्धन गर्नेतथा राष्ट्रको व्यापारर पर्यटनको प्रवर्द्धन गर्ने दुई प्रमुख उद्देश्यहरुका साथ नेपाल–चीनबीचको संयुक्त लगानीमा स्थापित हिमालय एअरलाइन्स्को स्थापना सन्२०१४ मा भएको थियो।

हिमालय एअरलाइन्स्जनवादी गणतन्त्र चीनको स्वशासित क्षेत्र तिब्बत स्थित तिब्बत एभियशन डेभेलप्मेन्ट एण्ड इन्भेस्टमेन्ट कम्पनी लिमिटेड र नेपालको काठमाडौँ स्थित यती वर्ल्ड इन्भेस्टमेन्टप्रा. लि बीचको संयुक्त सहकार्यमा सञ्चालित छ।

आफ्नो स्थापनाको सात वर्षकै छोटो अवधिमा हिमालय एअरलाइन्स्ले आफ्नो जहाजको संख्यामा ४वटा विमानहरू स १८० इकोनोमी सीट सहितका तीन ३२०–२१४ एअरबसहरु र१४४ इकोनोमीसीटसहितको एउटा एअर बस३१९–११५, सञ्चालनमा ल्याएकोछ । हिमालय एअरलाइन्स्ले हाल मध्यपूर्व र दक्षिण एशियाका प्रमुख देशहरूः युएई ,मलेसिया, कतार, साउदी अरेबिया, कुवेत र बंगलादेश लगायतका देशहरुमा यात्रु वाहक उडानहरू सञ्चालन गरिरहेको छ भने कार्गो उडानहरू विशेष रूपमा चीन बाटर चीनसम्म सञ्चालन गरिरहेको छ।

व्यावसायिक सञ्चालनको पहिलो वर्षमा, हिमालयले साउथ एशियन ट्राभल अवार्ड्स २०१७मा दक्षिण एशियामा अग्रणी नवअन्तर्राष्ट्रिय एअरलाइन्स् को रुपमा अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गर्‍यो।

सन्२०२०को अगस्त माहिमा लय एअरलाइन्स्ले गुणस्तरीय व्यवस्थापन प्रणालीको लागि नेपालमैं पहिलो पटकआइ एस ओ ९००१ः २०१५ प्रमाणीकरण प्राप्त गर्यो। यस प्रमाणीकरणले आफ्नो व्यवस्थापनको हरेक क्षेत्रमा उच्चतम सम्भावित मापदण्डहरू प्रदान गर्ने एअरलाइन्स्को दृष्टिकोण अनुरूप जहाज मर्मत–सम्भार र इन्जिनियरिङ सेवाहरू उपलब्ध गराउने हिमालय एअरलाइन्स्को योग्यता पुष्टि गरेको छ ।

सन् २०२१ कोडि सेम्बरमा हिमालय एअरलाइन्स सफलता पूर्वकअर्कोआइ। एस ओ ९००१–२०१५ गुणस्तरीय व्यवस्थापन प्रणाली प्रमाणीकरण प्राप्त गर्ने नेपालको पहिलो वायु सेवा बन्यो।आइ. एस. ओ. ९००१–२०१५ को मापदण्ड अनुरुप गुणस्तर व्यवस्थापन प्रणालीको पालना गरे वापत एअरलाइन्स्ले प्रमाणपत्र प्राप्त गरेको हो।हिमालयलाई .उड्डयन सम्बन्धित प्रशिक्षण सेवाहरूसहित हवाईयात्रुहरू र मालवाहक परिवहनहरूका लागी आइ.एस. ओ. प्रमाणपत्र दिइएको हो।यस उपलब्धिले उच्च कार्यसम्पादन अभ्यासहरूप्रति कर्मचारीहरुको समर्पण र गुणस्तरप्रति एअरलाइन्स्को निरन्तर प्रतिबद्धत्ताको पुष्टि गर्दछ।

हिमालय एअरलाइन्स्ले सन् २०२१ बाट पहिलेको भन्दा सुरक्षित उडान सुनिश्चित गर्न आफ्ना सबै जहाजहरुमा जीवन बचाउने यन्त्र – स्वचालित बाह्य डिफिब्रिलेटर जडान गर्‍यो।यससँगै हिमालय एअरलाइन्स् उक्त यन्त्र जडान गर्ने पहिलो र एकमात्र नेपाली एअरलाइन्स् बनेको छ । सुरक्षा, समयमै कार्यसम्पादन र मुख्यतया आफ्ना ग्राहकहरूको सेवामा उत्कृष्टता हासिल गर्ने लक्ष्य सहित हिमालय एअरलाइन्स्ले आफूलाई भरपर्दो एअरलाइन्स्को रूपमा स्थापित गरेको छ र दक्षिण एशियामा अग्रणीए अरलाइन्स्को रूपमा उभिने उत्कट अभिलाषा राखेको छ ।