बलेफी हाईडोपावरको शेयरमा सर्किट, यी कम्पनीका लगानीकर्ता सर्वाधिक कमाए « Arthapath.com
२२ जेष्ठ २०८३, शुक्रबार

बलेफी हाईडोपावरको शेयरमा सर्किट, यी कम्पनीका लगानीकर्ता सर्वाधिक कमाए



काठमाडौं । साताको पाँचौ दिन नेप्सेमा गिरावट आएको छ । बुधबार झिनो अंकमा ओरालो लागेको नेप्से आज भारी अंकले ओराले लागेको छ । बुधबार ६.७१ अंकले घटेर २१८६.७७ को बिन्दुमा बन्द भएको थियो । आज भने ३८. ६१ अंकले घटेर २१४८.१६ को बिन्दुमा पुगेर बन्द भएको छ ।

आज पुँजि बजारमा सुचिकृत भएका २१५ कम्पनीको ८५ लाख ६९ हजार ५ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ७६ करोड ८० लाख ७९ हजार १७३ रुपैयाको कारोबार भएको छ ।

नेप्से ओरालो लाग्दा बलेफी हाईडोपावरमा सर्किट लागेको छ । त्यस्तै सामलिङ पावर कम्पनी ५.३९ प्रतिशत, रिभर फल्स पावर लिमीटेड ५.३५ प्रतिशत, बिन्धबासीनी हाईडोपावरको ४.४८प्रतिशतले बढेको छ ।


प्रतिक्रिया दिनुहोस्