७ श्रावण २०८३, बिहिबार

कुमारी बैंकको शेयर बिक्रीमा, क कस्ले दिन पाउँछन् आवेदन ?



काठमाडौ । कुमारी बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूह तर्फको २ हजार ९०९ कित्ता शेयर बिक्री गर्ने लागेको हो ।

उक्त शेयर खरिद गर्ने चाहने इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित गरेको मिति (साउन २३ गते) ले ३५ दिन भित्र बैंकको शेयर रजिष्ट्रार कुमार क्यापिटल लिमिटेडमा आवेदन दिन सकिनेछ ।

साथै, तोकिएको अवधि भित्र विद्यमान संस्थापकहरुबाट शेयर खरिदका लागि कुनै पनि आवेदन नपरेको खण्डमा उक्त शेयर अन्य ब्यक्ति तथा संघ संस्थालाई बिक्री प्रक्रिया अगाडि बढाउने कम्पनीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्